बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । सुर्खेत सिम्ताका दीपकसिंह ठकुरीको कोहलपुरमा हत्या भएको हो । प्रहरी हुन बाँकेमा आएका ठकुरीको शुक्रबार राति कोहलपुर बसपार्क नजिक खुल्लाचौरमा हत्या भएको हो । बसपार्कको पूर्वपट्टी रहेको खालीचौरमा ठकुरीको शव फेला परेको छ ।
ठकुरीको चक्कुले घाँटी रेटेर हत्या गरिएको छ । बाँया आँखामा समेत चोट लागेको छ । ‘आधा घाटी रेटिएको छ’, बिहान घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक सुरेन्द्र पन्तले भने, ‘राति २ बजेतिर हत्या भएकोजस्तो देखिन्छ ।’
ठकुरी कहाँ बसेका थिए, राती खुल्लाचौरमा कसरी पुगे, उनीसँग को–को थिए लगायतका कुराहरु आफूहरुले खोजी गरिरहेको प्रहरीले बताएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।