लागुपदार्थ न्यूनीकरणका लागि विद्यार्थीलाई लक्षित कार्यक्रम सञ्चालन


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

दुव्र्यसनीले समाजलाई प्रभावित नगरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाका कूल १० वटा सामुदायिक विद्यालयका ३५२ जना विद्यार्थीमा दुव्र्यसनी परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “प्रारम्भिक रुपमा गरिएको पिसाब परीक्षणमा २४ जना विद्यार्थी दुव्र्यसनमा लागेको पाइयो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले पाँच दिनको समायावधिमा १० जना प्राविधिक टोली खटाएर गरेको परीक्षणको प्रतिवेदन देउरालीस्थित विश्व शान्ति माविमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो । दुव्र्यसनीसँगै त्यसले व्यक्तिगतका साथै सामाजिकरुपमा नकारात्मक प्रभाव पार्ने भएकाले स्कुले अवस्थादेखि नै न्यूनीकरणको प्रयास थालिएको अध्यक्ष ओझाले बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आनन्दलाल जोशीका अनुसार परीक्षणबाट दुव्र्यसनी देखिनेमा सबै छात्र भएको पाइएको छ । उनीहरुमध्ये अधिकांशले गाँजाका साथै नशालु चक्की (ट्याप्लेट) प्रयोग गरेको पाइएको जोशीले जानकारी दिनुभयो ।

दुव्र्यसनीको सामान्य प्रविधिबाट परीक्षण गर्न सकिने बताउँदै जोशीले ‘¥यापिट टेष्ट’ नामक उपकरणमार्पत पिसाबबाट दुव्र्यसनीमा लागे नलागेको पत्ता लगाउन सकिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँपालिकाले उक्त उपकरण बेलायतबाट मगाएको हो । यो प्रविधि प्रत्येक घर घरमा समेत प्रयोग गर्न सकिने देखिएको छ ।

पछिल्ला वर्षमा विद्यालय अवस्थामै दुव्र्यसनीमा युवा फस्ने गरेका कारण गाउँपालिकाले यसलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान थाल्नुलाई सकारात्मक रुपमा लिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि दुव्र्यसनीलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाकाले गरेको प्रयास सराहनीय भएको बताउँदै उहाँले यस अभियानलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जिल्लास्थित कारागारमा रहेका कूल ७५० जना थुनुवा र कैदीमध्ये दुव्र्यसनीमा लागेका र लागुऔषध कारोवारमा संलग्नको सङ्ख्या सबै भन्दा बढी रहेको जानकारी दिनुभयो ।

रुपा गाउँपालिका–६ मा रहेको चन्द्रप्रभा माविमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई सुरक्षाका बारेमा प्रशिक्षण दिँदेै उहाँले प्रत्येक व्यक्ति, घर हुँदै समाजवाटै दुव्र्यसनी नियन्त्रण प्रयासको आवश्यकता औंल्याउनुभयो ।

उहाँले यसका लागि प्रहरी प्रशासन सघैँ सहयोगी बन्ने बताउँदै समाजमा देखिने दुव्र्यसनी लागुऔषध कारोवारको समयमा नै सूचना दिन आग्रह गर्नुभयो । गाउँपालिका, आमा समूह, विभिन्न युवा क्लब र प्रहरीको सक्रियतामा प्रत्येक वर्ष गाँजा फँडानीलाई समेत निरन्तरता दिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com