अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

अष्ट्रेलियामा भएको सडक दुर्घटनामा एक नेपाली युवाले ज्यान गुमाएका छन् ।

चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बस्दै आएका सुजन दाहालको बिहीबार मृत्यु भएको हो । उनी
५ वर्षअघि अष्ट्रेलिया आएका थिए ।

चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । एज्ड केयरमा काम गरेका उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

तिव्र गतिमा रहेको उनको गाडी प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा ठोक्किन पुगेको थियो । दुर्घटनामा उनको ज्यान घटनास्थलमै गएको थियो । ट्रकका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटना बिहीबार अपरान्ह ५ः३० बजे भएको जनाएको छ । दुर्घटनाका कारण सडक केही समय अबरुद्ध पनि भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com