हवाई इन्धनको मूल्य घटेपछि घट्यो हवाई भाडापनि, कुन ठाउँको टिकट मुल्य कति


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा घटाएका छन्।निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानका वायुसेवाले आइतबारबाट लागू हुने गरी हवाई भाडा घटाएका हुन्।

आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्वज थापाले जानकारी दिए। उनका अनुसार इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घटाइएको हो।

संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ।घटेको भाडा अनुसार आइतबारदेखि नयाँ भाडादरमा यात्रुले उडान गर्न पाउने छन्। यस्तो हवाई इन्धनको मूल्य घटेकोले फ्युल चार्जवापतको शुल्क घटाउँदा हवाई भाडा पनि घटेको संघले जानकारी दिएको छ।

संघका अनुसार सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ। सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ। काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ। आन्तरिक उडानमा काठमाडौं सिमरा सबैभन्दा छोटो दूरीको (२० मिनेट) र काठमाडौं धनगढी सबैभन्दा टाढा (सवा घण्टा)को गन्तव्य मानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ।

कुन ठाउँको कति भाडा घट्यो हेर्नुहोस तलको तालिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com