प्रदेश ५ सरकारको गाडी खरिदमा लेखा समितिको छानविन सुरु


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

राजधानीमा ह्वाईट बडीको चर्चा सेलाउन नपाउंदै प्रदेश ५ मा प्रदेश सरकारले खरिद गरेको सवारी साधनहरु बिबादमा परेकाछन् । सरकारले खरिद गरेको गाडीको छानविन यतिबेला प्रदेशसभाको सार्वजानीक लेखा समिति सम्म पुगेको छ । सरकारका अंगहरु धमाधम बिबादमा मुछीइृरहेका बेला प्रदेश नम्बर ५मा पनि सरकारमा सहभागि नेताहरु अनियमीतताको बिबादमा मुछिएकाछन् । प्रदेश सरकारले खरिद गरेको १३ वटा सवारी साधनहरु ब्यक्तिलाई बिक्रि गर्ने मुल्य भन्दा बढी मुल्यमा खरिद गरिएको पाईएपछि सरकारी निकायमा सहभागि नेकपाका नेताहरु बिबादमा परेकाछन् । सरकारले खरिद गर्दा टाटा मोटर्सको अधिकृत बिक्रेताले ब्यक्तिलाई बेच्ने मुल्य भन्दा झण्डै ३ लाख बढी मुल्यमा प्रदेश सरकारले खरिद गरेको भेटिएपछि प्रदेश ५ सरकार बिबादमा मुछिएको हो ।

गाडी खरिद सम्बन्धी बिबादका बिषयमा शुक्रबार दिनभरी प्रदेशसभा अन्तर्गतको सार्वजानीक लेखा समितीमा छलफल भएको थियो । गाडीका बिषयलाई एजेण्डा बनाएर बोलाईएको बैठकमा ९ जनाको मात्र उपस्थिती रहेको थियो । प्रदेश नम्बर ५को लेखा समितीमा १३ जना सदस्य रहेकाछन् । गाडी खरिदमा टाटा मोटर्सका अधिकृत बिक्रेता सफल मोटर्स ईण्टरनेशनलले बिक्री गर्ने मुल्य भन्दा टाटा मोटर्सले ५ लाख बढी मुल्यमा सरकारलाई गाडी बेचेको थियो । सरकारले ७१ ला ९४ हजार ९ सय ९९ मा बिक्री गरेको गाडी अधिकृत बिक्रेता सफ अटोले ६८ लाख ५५ हजारको कोटेशन अन्य निकायलाई उपलब्ध गराएको पाईएको थियो ।

उता बिबादमा मुछिएका नेकपाको तर्फबाट प्रदेशसभाका सचेतक भुमिश्वर ढकालले भने बिधि र प्रक्रिया भित्रै रहेर सरकारले गाडी खरिद गरेको भन्दै सरकारको बचाउ गर्न खोजेकाछन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा ढकालले सरकारको बचाउ गरेका थिए । ढकाल सफल अटोका लगानीकर्ता समेत रहेको बताईएको छ । उनले सफल अटोको गाडी बिक्रीमा कुनै सहभागिता नरहेको भन्दै खरिदमा संलग्न भएकाले उन्मुक्ति पाउन नहुने बताउंछन् ।

प्रदेशसभामा संघिय समाजबादी फोरमका सभासद सन्तोष पाण्ेडेले भने जनताको करबाट जम्माभएको रकमको दुरुपयोग गर्नेहरुलाई छाड्न नहुने बताउंछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार दिनभरी लेखा समितीको बैठक बसेपनि छानबिनका लागि आएको पोका कसले खोल्ने भन्ने बिषयमा निश्कर्ष निकाल्ने बिषयमा लामो छलफल भएको थियो । समितीका सदस्यहरुले सभापति डिल्ली चौधरीलाई छानविनको नेतृत्व लिन आग्रह गरेपनि चौधरीले आफुलाई गाडी खरिदको बिषयमा थाहा नभएको भन्दै पन्छीन खोजेका थिए । समितीले यस अघिकै बैठकमा बिभिन्न कार्यालयबाट खरिद प्रक्रियाको कागजात मगाएको थियो । बैठकले सभासद कुलप्रसाद पोखरेलको संयोजकत्वमा कल्पना पाण्डे र बैजनाथ कलवार रहेको पोका खोल्ने समिती गठन गरेको छ । समितिले आजैबाट पोका खोलि छानविन सुरुगर्ने लेखा समितिका सभापति चौधरीले जानकारी दिएकाछन् ।

आजै लेखा समितीका संयोजक चौधरीले प्रयोग गरेको गाडीको चाबी संसद सचिवालयमा बुझाएका छन् । बिबादीत गाडी प्रयोग गर्दा छानविनमा समस्या आउने देखिएर गाडी बुझाएको बताईएको छ । चाधरीले बिबादीत गाडी प्रयोग गर्दै आएका थिए ।

पारदर्शीता र शुन्य सहनशिलताको कुरा गरेर नथाक्ने सरकारमा सामेल नेताहरु एकपछि अर्कोगरि बिबादमा आउनु सरकारका लागि मात्र नभएर नेकपाकै लागि राम्रो सन्देश हुन सक्दैन । ५ नम्बर प्रदेश सरकारको गाडी खरिदमा देखिएको बिकादका बिषयमा यथासिघ्र सत्यतथ्य जनताका सामु आउनै पर्दछ । छानविन समितीलाई हाम्रो शुभकामना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com