सुत्केरी गराउँदा नर्सले बच्चा जबर्जस्ती तानेपछि बच्चाको टाउको र शरीर नै छुट्टियो !


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

सुत्केरी गराउने क्रममा एक अस्पतालमा बच्चाको टाउको र शरीर नै छुट्टीएको छ । गत ६ जनवरीमा भारतको राजस्थान स्थित राम्ग्रह कम्युनिटी हेल्थ सेन्टरमा उक्त घटना घटेको हो ।

हेल्थ सेन्टरमा कार्यरत दुई पुरुष नर्सले सुत्केरी व्यथा लागेर भर्ना भएकी दीक्षा कवरलाई हेर्दै थिए । पुरुष नर्स अमृतलालले बच्चा जबर्जस्ति तान्ने प्रयास गरे । बच्चा फसेको थियो । नर्सले जबर्जस्ति तान्दा बच्चाको शरीर छुट्टीएर बाहिर आयो र बच्चाको टाउको पाठेघर भित्र नै रह्यो ।

नर्सले टाउको बिनाको बच्चाको शरीर हातमा आएपछि अर्का एकजना नर्ससंग मिलेर बच्चाको उक्त शरीरलाई मुर्दाघरमा राखिदिए । त्यसपछि परिवारलाई बच्चा मृत जन्मिएको बताए र आमालाई अर्को अस्पतालमा लगेर उपचार गर्न भने ।

अर्को अस्पतालमा लगेर उपचार गर्ने क्रममा डाक्टरहरु अचम्भित भए । किनकि दीक्षाको पाठेघर भित्र बच्चाको टाउको थियो । अहिले दीक्षा गम्भीर अवस्थामा छिन र उनको उपचार भइरहेको छ । दीक्षाका श्रीमानले नर्सहरु विरुद्ध मुद्दा दायर गरेका छन् । प्रहरीले घटनाको छानबिन गरिरहेको छ । हेल्थ सेन्टरका डाक्टरले आफू त्यो समयमा उपस्थित नरहेको बताइरहेका छन् भने नर्सहरुलाई निलम्बन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com