यो पहिलो रेकर्ड ! लभ बाइट’बसाउदा प्रेमिका को मृत्यु भएपछि… पुरा पद्न्नुहोस


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

प्रेमको विषयमा धेरै मानिसहरुले विभिन्न धारणा राख्ने गर्दछन् । कसैको लागि प्रेम जिउने आधार हुन्छ भने कसैका लागि भने यो अभिषाप नै बन्ने गर्दछ । तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । प्रेमका कारण एक किशोरको मृत्यु भएको छ ।

मिरर डट कमका अनुसार मेक्सिकोमा एक १९ वर्षीय किशोरको मृत्यु उनकी प्रेमिकाले दिएको ‘लभ बाइट’ का कारण भएको थियो । खबरका अनुसार १७ वर्षीय जुलियो मेकियालाई उनकी २४ वर्षीया प्रेमिकाले रोमान्सको क्रममा उनलाई लभ बाइट दिइन् जसका कारण जुलियोको शरिरमा रगत जम्यो जुन रक्तसंचारको क्रममा दिमागमा पुग्यो ।

जमेको रगतका कारण जुलियोलाई स्ट्रोक भयो र उनको मृत्यु भयो । जुलियोको मृत्यु भएपछि उनकी प्रेमिका गायब छिन् । मृतकका परिवारले जुलियनकी प्रेमिकालाई नै उनको मृत्युको लागि जिम्मेवार बताइरहेका छन् ।

‘लभ बाइट’ का कारण कसैको मृत्यु भएको यो पहिलो घटना भने होइन । उनीभन्दा पहिले न्यूजिल्याण्डका एक ४४ वर्षीया महिलालाई आंशिक रुपमा पक्षघात भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोमान्टिक पलपछि उनले आफ्नो बायाँ हातको चाल गुमाइन् । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

सुरुमा डाक्टरहरुले यस विषयमा पत्ता लगाउन सकेनन् । तर जब उनीहरुले ती महिलाको घाँटीको दायाँपट्टी केही दाग देखे । त्यसपछि लभ बाइटको क्रममा चुस्दा रगत जमेको जुन ती महिलाको मुटुसम्म पुगेको डाक्टरहरुले निष्कार्ष निकाले ।

डा. टेडी वु, अक्ल्याण्डको मिडलमोर अस्पतालमा ती महिलाको उपचारमा संलग्न, भन्छिन्, ‘ लभ बाइटका कारण कसैलाई अस्पताल भर्ना गरेको यो पहिलो रेकर्ड हो भन्ने मलाई लाग्छ ।’

ती महिला अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com