मुलुकको अर्थतन्त्र सही ट्रयाकमा अघि बढेको छ – अर्थमन्त्री खतिवडा (भिडियोसहित)


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सुचाङको प्रगतीबारेमा धेरै टिप्पणी भए ।

विभिन्न संचार माध्यममा प्रधानमन्त्रीले झुटो तथ्यांक प्रस्तुत गरेको समाचारहरु सार्वजनिक भए । तर, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भने प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यांक सतप्रतिशत सत्य भएको दाबी गरेका छन् । प्रधानमन्त्रीले चालु आर्थिक वर्षको ५ महिनाको तथ्याङ प्रस्तुत गरे पनि आलोचकहरुले ४ महिनाको तथ्याङसंग मात्र तुलाना गरेको खतिवडाले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्माले गत पुस २२ गते प्रतिनिधिसभामा दिएको तथ्याङकीय प्रगतिको बारेमा सञ्चार माध्यमा आएको टिप्पणी गलत भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले सार्वजनिक गरेको तथ्याङ्क शत प्रतिशत सही भएको दाबी गरेका छन् । एबीसी टेलिभिजनको बिशेष आउटलुक कार्यक्रम अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले ओलीले सरकारसंग भएको चालु आर्थिक वर्षको पाच महिनाकोे तथ्याङ्क प्रस्तुत गरेको बताए ।

उनले सार्वजनिक सञ्चार माध्यममा तथ्याङ्कलाई मिथ्याङ्क भनेर प्रचार गरिएकोमा गुनासो गर्दै पाँच महिनाको तथ्याङ्क सार्वजनिक रुपमा आउने बित्तिकै सबै खुलस्त हुने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै अर्थमन्त्री खतिवडाले सरकारले कति महिनाको तथ्याङ्क प्रस्तुत गर्यो भन्ने विषयलाई समेत आलोचकहरुले विश्लेषण नगरेको दाबी गरे । सरकारी तथ्यांकलाई गलत देखाउन खोज्नेहरु आफै गलत भएको उनले टिप्पणी गरे ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले व्यापार घाटा बढेको भन्दै चिन्ता व्यक्त गरे पनि व्यापार घाटा औद्योगिक बस्तु, पुंजीगत सामान, बिकास निमार्णका साम्रगी जस्ता बस्तुको आयातले बढाएको बताए ।

मन्त्री खतिवडाले बर्तमान सरकारले आर्थिक वर्षको ६ महिनामा राजस्वतर्फ गरेको बृद्धिलाई उल्लेख्य रुपमा लिएको बतँएका छन । यस्तै व्यापार घाटा बढेको भनिएता पनि सरकारले आयात ब्यवस्थापनमा ध्यान दिएकै कारण राजस्वमा समेत बृद्धि भएको उनको भनाइ छ । मुलुकको समग्र अर्थतन्त्र सही ट्रयाकमै अघि बढिरहेको भन्दै अर्थमन्त्री खतिवडाले दुई तिहाइ सरकार गठन भएको १० महिना महिनामा बिगतको भन्दा राम्रो आर्थिक तथ्यांक आए पनि आलोचकहरुको कमजोर विश्लेषणका कारण गलत प्रचारले भएको अर्थमन्त्रीको दाबी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com