पत्रकारलाई जे लेख्नका लागि पनि छुट छैन, जेलसम्म हालिन्छ: मन्त्री जमरकटेल


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको बताउनुभएको छ ।
पत्रकारले जे पनि लेख्दै गएमा जेलसम्म हाल्ने चेतावनी पनि मन्त्री जमरकटेलले दिनुभयो ।

अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुले ‘मन्त्रीले तेलको पैसा खाएको’ जस्ता सरकार विरुद्धमा समाचार लेखेको उहाँले आरोप लगाउनुभयो ।

संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको बताउँदे उहाँले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिँदै पत्रकारले जे गरे पनि छुट नहुने बताउनुभयो ।

कानुन र शान्तिसुरक्षामा कसैसँग पनि सम्झौता नहुने उहाँको भनाइ छ । न्यायक्षेत्र अत्यन्तै परम्परावादी भएको टिप्पणी गर्दै मन्त्री जमरकटेलले भन्नुभया,‘अरु सबैले परिवर्तनलाई स्वीकार गरे पनि अदालतले परिवर्तनलाई स्वीकार गर्न सकेको छैन । अब तीन महिनामा कुनैपनि मुद्धाको छिनोफानो हुनुपर्छ । अदालतमा पेसी सरेको सर्यै हुने र विकट जिल्लाबाट सर्वोच्च अदालतमा पीडितहरु धाइरहनु पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहमा इजलास बनाएर काम सुरु गर्नका उपप्रमुखहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो,‘अदालतमा आएर बस्ने, चिया खान,े दिनमा तीन घण्टा पनि इजलास नबस्ने, मुद्धाको पेसी सरेको सर्यै हुने समस्याका कारण अब स्थानीय तहबाट नै न्याय दिनुपर्छ ।’

नागरिकतासम्बन्धी नियमबाट महिलाहरु पीडित बनेको भन्दै उहाँले पहिले महिलासँग विवाह गरेर नागरिकता नबनाइकन भागेको पाइएमा त्यस्ता महिलाहरुलाई नागरिकता दिनुपर्ने र त्यसको जिमेवारी सबै आफूले लिने बताउनुभयो ।

कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मुख्यमन्त्री कार्यालयका कानुन सचिब इन्दिरा दाहाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, सर्वोच्च अदालत कानुन व्यवसायी संघका कोषाध्यक्ष सरोज घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com