सुनको भाउ तोलाको ६० हजार १ सय पुग्यो
प्रकाशित मिति : पुस २५, २०७५ बुधबार
बहुमूल्य धातु सुनको भाउ बढेर आज बुधबार तोलाको ६० हजार १ सय रुपैयाँ पुगेको छ । दुई दिन स्थिर रहेको भाउ हिजो मंगलबारको दाँजोमा २ सयले बढेको हो । हिजो तोलाको ५९ हजार ९ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार र सोमबार सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि भाउ बढेर साढे दुई महिनायताकै उच्च भएर तोलाको ६० हजार ४ सय भएको थियो । त्यसदिन एकैचोटि तोलामा ८ सय रुपैयाँ बढेको थियो । भोलिपल्ट शुक्रबार भने ६० हजार ३ सयमा झरेको थियो ।
अघिल्लो साता शुक्रबारदेखि मंगलबारसम्म छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १ सयले घटेर ५९ हजार ६ सय भएको थियो । त्यस साता सोमबारदेखि आइतबारसम्म तोलाको ५८ हजार ८ सयमा कारोबार भएको थियो भने सोमबार ४ सयले बढेर ५९ हजार २ सय रुपैयाँ पुगेको थियो । मंगलबार यसमा थप २ सयले वृद्धि भई तोलाको ५९ हजार ४ सय पुगेको थियो ।
गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यसैगरी तेजाबी सुनको भाउ पनि २ सयले बढेर तोलाको ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । गत साता बिहीबार ८ सयले बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार १ सयले घटेर ६० हजार कायम भएको थियो । गत आइतबार र सोमबार तोलाको ५९ हजार ५ सय तथा मंगलबार ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज तोलको ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ७ सय ५५ रहेको चाँदी सोमबार ७ सय ६० पुगेको थियो । गत आइतबार १० रुपैयाँले घटेर तोलाको ७ सय ५५ रुपैयाँ कायम भएको चाँदी त्यसअघि लगातार पाँच दिन तोलाको ७ सय ४५ रुपैयाँमा स्थिर रहेको थियो ।
महासंघका अनुसार पुस २५ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस १८ मा ५९ हजार ६ सय, १९ मा ६० हजार ४ सय, २० मा ६० हजार ३ सय, २२ र २३ मा ५९ हजार ८ सय तथा पुस २४ मा ५९ हजार ९ सय रुपैयाँ थियो ।






