दुई नम्बर प्रदेशमा नेकपाले गर्यो आरक्ष सिटको व्यवस्था


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

दुई नम्बर प्रदेशमा नेकपाले सार्वजनिक यातायातमा आरक्ष सिटको व्यवस्था गर्न अभियाननै थालेको छ ।

अशक्त, जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवम् राज्यले प्रदान गरेको सहुलियत भाडाको कार्यान्वयन गर्न अभियानै थालेको हो । नेकपा प्रदेश नम्बर दुईका अध्यक्ष तथा सांसद् प्रभु साहले सार्वजनिक यातायातमा भाडा र आरक्षणको सिटका बारेमा व्यापक जनगुनासो आएपछि अभियानै थालिएको बताउनुभयो ।

राज्य स्तरबाटै अशक्त र अपाङलगायत विभिन्न आन्दोलन र युद्धमा घाइते भएकाहरुको लागि सहुलियतको व्यवस्था गरेपनि यातायात व्यवसायिहरुले त्यसको कार्यान्वयन नगरेको भन्दै साहले अभियानै रुपमा अघि बढाइएको बताउनुभयो । कानून बमोजिम छुटको कर्यान्वयन गर्न सम्बन्धीत निकायमा समेत सहकार्य गरिएको छ ।

रौतहटको सदरमु्काम गौरबाट सुरु गरिएको अभियान प्रदेश नम्बर २ का आठै जिल्लामा सञ्चालन गरीने योजना छ । साह सार्वजनिक बसमा सहभागी भई आरक्षित कोटाको व्यवस्थापन गर्न लागी पर्नुभएको हो । राजधानी पोखरा लगायतका ठूला सहरमा सञ्चालित सार्वजनिक यातायातमा सहुलियत सुविधा र आरक्षणको व्यवस्था भएपनि तराई मधेशमा सञ्चालित यातायातमा यो सुविधा नभएकै कारण यात्रले निकै कष्ठ भोग्नुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com