कर्नाटक प्रहरी सुर्खेतसम्म कारण यस्तो……


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

भारतको कर्नाटक राज्यस्थित ब्याङ्लोरबाट सुनका गहना चोरेर आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको मध्ये २।३५८ किलो सुन र ५६८ ग्राम चाँदी कालिकोट र सुर्खेतबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

डिसेम्बर २६ ९पुस ११० मा ब्याङ्लोरको हर्मोचोकस्थित होटल व्यवसायी प्रविण कुमारको घरबाट कालिकोटका ४५ बर्षीय मंगल शाही, उनकी श्रीमती ३८ बर्षीय शौभाग्य शाही, १७ बर्षका छोरा अनिल शाही र २४ बर्षीय भान्जा कमल शाहीले ३।८७ केजी सुनसहित अन्य बहुमूल्य सामाग्री चोरी गरेर नेपाल आएका थिए।

सुनसहित बहुमूल्य सामान चोरेर भागेका उनीहरुलाई खोज्दै भारतीय प्रहरीको टोली तीन दिनदेखि सुर्खेतमा छ। भारतीय प्रहरीले दिएको सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुन चोरहरुको खोजी गरेको थियो। आइतबार सुर्खेत प्रहरीले वीरेन्द्रनगर–१० पदमपुरबाट शौभाग्य शाहीलाई पक्राउ गर्यो।

भारतबाट आएपछि उनी सुर्खेतमा माइतीको घरमा बस्दै आएकी थिइन्। उनको साथबाट प्रहरीले चोरी भएको मध्ये ७८७.४ ग्राम सुन बरामद गर्यो। शौभाग्यकै सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले कालिकोटको नरहरिनाथ गाउँपालिका–९ बाट मंगल शाहीलाई पक्राउ गरेको थियो।प्रदेश प्रहरी कार्यालयको टोलीले शाहीको घरबाट बाँकी सुन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५६८ ग्राम चाँदी बरामद गर्यो। घटनामा संलग्न अनिल र कमल फरार छन्। ‘भारतीय प्रहरीले ३.८७ किलो सुनसहित चारवटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरी भएको बताएको छ’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी प्रदिपबहादुर क्षेत्रीले भने, ‘पक्राउ परेका दुईजनाबाट २.३५८ ग्राम सुन, ५६८ ग्राम चाँदी र र एउटा घडी बरामद गरिएको छ।’ भारतीय प्रहरीका अनुसार प्रविण कुमारको परिवार आफन्त भेट्न गएको बेला उनीहरुले चोरी गरेर भागेका थिए ।

कालिकोटमा खेती किसानी गर्ने मंगल शाही गत कात्तिकमा श्रीमती र छोरालाई लगेर रोजगारीका लागि भारत गएका थिए।

ब्याङ्लोरमा उनका नातेदार उदय शाही १० वर्षदेखि कार्यरत थिए। काम खोज्दै ब्याङ्लोर पुगेका मंगल र शौभाग्यलाई उनैले प्रविण कुमारको घरमा काम लगाए। उदयले तीन वर्षसम्म प्रविण कुमारको घरमा काम गरिसकेका थिए। ‘काम सुरु गरेकै दिनदेखि हामीलाई भान्सादेखि बेडरुमसम्मको साँचो दिइयो’ पक्राउ परेका मंगलले भने, ‘छोटो समयमै साहुको मन जित्न सफल भयौं।’घरमा प्रविण कुमारसहित उनकी श्रीमती र छोरी थिए। प्रविण र श्रीमती व्यवसायिक काममा प्रायः बाहिरै हुन्थे। छोरी स्कूल जान्थिन्। साहुनी (प्रविण कुमारकी श्रीमती) को कोठाको दराजमा गहनाहरु थिए। डिसेम्बर २६ ( पुस ११) प्रविण कुमार दम्पत्ती आफन्त वितेको ठाउँमा भेट्न गए।

दिउँसो २ बजे मंगलले साहुको घरमा रहेको सुनको बारेमा श्रीमती, छोरा र भान्जालाई सुनाए। ‘सुनका गहना चोरेर भाग्ने सल्लाह भयो’ मंगलले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘दराजमा भएका गहना, चार वटा घडी, ल्यापटप र एउटा आइफोन चोरेर भाग्यौं।’सिधै आउँदा भारतीय प्रहरीले पछ्याउने भएकाले उनीहरु रेलमार्फत हैदरावाद पुगे।

त्यहाँबाट नागपुरसम्म उनीहरु बसमा आए। उनीहरु रुपैडिहा नाकाबाट नभएर चार दिनपछि बनबासाहुँदै सुर्खेत आइपुगेका थिए। प्रहरीसँगको बयानमा मंगलले आइफोन, ल्यापटप, घडी र केही अन्य सामाग्री बनबासामै फालेको बताएका छन्। उनले घाँटीमा लगाउने चैन, औठीलगायतका सुनका गहनाहरु भान्जा कमल र छोरा अनिलसँग रहेको बताएका छन्।

सुन चोरी भएकै राति भारतीय प्रहरीले प्रविण कुमारको घरमा काम लगाउने उदयलाई पक्राउ गरेको थियो। उनले नै मंगलको ठाउँ ठेगाना दिएपछि कर्नाटक प्रहरी उनीहरुलाई पछ्याउँदै सुर्खेतसम्म आइपुगेको हो। वर्तमान कानुनअनुसार भारतमा गएर चोरी गर्ने व्यक्ति नेपालमा पक्राउ परेमा आरोपितलाई भारतमा बुझाउन मिल्दैन। नेपालमासमेत मुद्दा चलाउन कानुनी जटिलता छ। त्यसैले चोरी भएको सम्पत्ती बरामद गरेर बुझाउने गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com