नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्रिशूलीमा खसेका थिए । रातभर खोजी गर्दा पनि कुशवाहालाई नभेटिएपछि बसका यात्रुले चितवन प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सोमबार दिउँसो साढे १२ बजे कुशवाहाको शव त्रिशूली किनारमा फेला पारेको छ । उनको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।