उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन ।

जन्मिँदादेखि दुई वर्षको हँुदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भन्नुभयो, “सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ ।”

हिरादेवीको नाति रक्की १० वर्षको भएको छ । सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताउनुभयो ।

हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उहाँका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । “बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ । कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस् ।”

जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन् ।

पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्रसमेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन् । समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनुपरेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताउनुभयो ।

“पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ”, उहाँले भन्नुभयो, “समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेका छौँ ।” मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उहाँले बताउनुभयो ।

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उहाँको भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन् । सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com