जुम्लामा हिमपातसँगै तापक्रम माइनस १५ मा झर्यो, घरबाट निस्कनै मुस्किल
प्रकाशित मिति : पुस २३, २०७५ सोमबार
x’Dnfdf lxpFn] 9kSs} 9fs]sf] l;dsf]6 ahf/ . x’Dnfdf ut zlgjf/ b]lv k/]sf] lxdkftn] oxfFsf] hghLjg k|efljt agfPsf] 5 . t:jL/ M bfg] af]x/f, x’Dnf /f;;
आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ।
हिमपातले सदरमुकाम सिमकोटदेखि माथिल्लो क्षेत्रको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुनेगरेको हुम्लामा आइतबार रातिदेखि निरन्तर हिउँ परेको छ। हाल सिमकोटमा झन्डै १ फिट जति हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको बताइएको छ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ।

यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई दैनिक जिवनयापनमा समस्या परेको नाम्खा गाउँपालिकाका मुचुका लाप्का लामाले जानकारी दिए। उनका अनुसार मुचुमा अहिलेसम्म झन्डै दुई फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्किनसमेत समस्या भएको छ।
मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा हिमपातले चिसो अत्यधिक बढ्नुका साथै तापक्रम माइनस १० नाघेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो पटक परेको हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटे पनि अत्यधिक चिसोले जनजीवन भने निकै प्रभावित बनाएको छ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुसी
लामो समयको खडेरीपश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन्। पानी नपरेकाले बारीमा छरेको गहुँ बाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीयवासी खुसी भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए।

गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुःख मनाउ गरेका कृषकलाई यो हिमपातले हर्षित बनाएको अदानचुली गाउँपालिका–१ का प्रिमे महतराले बताए।
हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीको भनाइ छ। रासस






