डा. गोविन्द केसी, अब नेताविरुद्ध अनसन बस्ने !


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको  भन्दै आपत्ति कडा जनाएका  छन् ।  उनले आज पत्रकार सम्मेलन गरेर सच्चाउन माग गरे ।

पत्रकार सम्मेलनमा, आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी मेडिकल कलेजहरु खोल्नेलगायतका सहमतिविपरित विधेयक पारित गरेकोमा आपत्ति जनाएका हुन् ।

केसीले भने, ‘विधेयक अघि बढाउने क्रममा तथाकथित साम्यवादी नेता र उपसमितिका सदस्यहरुले चलखेल गरेर जनतामुखि बुँदा हटाएर माफियामुखी बुँदा थपगर्दै विधेयक पारित गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

प्रेस विज्ञप्तिमा केसीले भनेका छन्, ‘एकातिर देशका अधिकांश जनता बसोबास गर्ने ग्रामिण क्षेत्रका हरेक नागरिकले सर्वसुलभ रुपमा सवास्थ्य उपचार पाउन भनेर गाउँमा सरकारी मेडिकल तथा अस्पतालहरु खोल्नुपर्छ भनेर हामी लड्दै आएका छौँ, अर्कोतिर सोही क्षेत्रबाट निर्वाचित सांसद र शीर्ष नेताहरु नागरिकका लागि नभएर माफिया र दलालको स्वार्थ पक्षपोषण गर्नतर्फ लागेका छन् । उनीहरुको यो उदेश्य कदापी पुरा हुन दिने छैनौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले मनपरितन्त्रले स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा भन्दा पनि ब्यापारीकरण गरेको भन्दै प्रधानमन्त्रीले अनावश्यक ठाँउमा बजेट खर्च गर्ने गरेको केसीको आरोप छ । उनले जनताको कर बाट चलेको सरकारले जनताको सवालमा काम नगरेको बताए ।

डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै आफुसँग भएको सहमतिअनुरुप नै विधेयक पातिर हुन्छ भनेकाले पौष २५ सम्मका लागि सारेको भन्दै सम्झौता विपरित उपसमितिले पठाएको प्रतिवेदन समितिले अविलम्ब नसच्चाए पुष २५ अगाडि नै सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com