अमेरिकाले कङ्गोमा सेना पठायो


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ ।  सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिएका छन् ।

उनले कङ्गोमा रहेको अमेरिकी सम्पत्तिको संरक्षणका लागि सेना पठाइएको जानकारी दिएका हुन् । कङ्गोमा यहाँको क्याथोलिक चर्चमा केन्द्रित कैयौँ हमला भएका छन् ।

कङ्गोमा निकै लामो प्रयत्नपछि डिसेम्बर ३० मा राष्ट्रपतिको निर्वाचन भएको हो । सो निर्वाचनको मत गणना हुन लागेको छ । सो मत परिणामपछि त्यस परिणाम चित्त नबुझाउने व्यक्तिले हिंसा मच्चाउन सक्ने र त्यसमा त्यहाँ रहेका अमेरिकी सम्पत्तिमाथि पनि हमला हुनसक्ने अनुमानस्वरुप सेना पठाइएको अमेरिकाले जनाएको छ ।

उक्त निर्वाचनको प्रारम्भिक अथवा पहिलो चरणको केही परिणाम आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त परिणामलाई लिएर कुनै हिंसा नमच्चाउन र जनताले दिएको मतको परिणामलाई स्वीकार गर्न विश्वव्यापीरुपमा कङ्गोली नागरिकलाई आह्वान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी सो निर्वाचनको परिणाम जतिसक्दो चाँडै घोषणा गरी जनताको चाहनाको कुरा सार्वजनिक गरिदिन पनि अमेरिका, अफ्रिकी युनियन र अरु पनि विदेशी समुदाय तथा संघसंस्थाले आग्रह गरिरहेका छन् ।

उक्त निर्वाचनमा पश्चिमालाई भने निर्वाचन पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थिएन । यहाँका कतिपय दल र समुदायले उक्त निर्वाचनको निश्पक्षतामाथि व्यापक मात्रामा प्रश्न उठाएका छन् ।

उता अमेरिकाले भने यहाँको निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको निर्वाचन एक प्रजातान्त्रिक प्रक्रिया भएकोले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने अमेरिकी भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार गर्न भनेका छन् । उनले यदि यो प्रजातान्त्रिक प्रक्रियाबाट भएको निर्वाचनको परिणाम अस्विकार गर्ने काम भयो भने अमेरिकाले नाकाबन्दी लगाउने बताएका छन् ।

निर्वाचन परिणामबारेका प्रारम्भिक सर्वेक्षणले सार्वजनिक गरेका परिणामका कारण यहाँ हिंसा हुनसक्ने अनुमान गरिएको छ । त्यसै कारणले सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com