मनोज चन्द यूएईमा सम्मानित


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

बिश्व कृतिमानी यात्राको दौरानमा रहेका दुईहातले एकै साथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सुदूर पश्चिम सेवा समाज यूएईले सम्मान गरेको छ ।

०१ जनवरी २०१९ मंगलबारका दिन युएईको बरदुबई स्थित सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिमा एउटा कार्यक्रमको आयोजना गरि सुदूर पश्चिम सेवा समाज यूएईले बैतडी जिल्लाको सिगास गाउपालिका जन्मी हाल नेपाल र नेपालीलाई सकारात्मक संदेशका साथ बिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई सम्मानपत्र सहित खादा ओडाएर सम्मान गरेको हो ।

सुदूरपश्चिमेली नेपाली समाज (FNS) का बरिष्ठ उपाध्यक्ष लोकेन्द्र बहादुर बमको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका मध्यपूर्व संयोजक धर्मराज पाण्डेय बिशेष अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएई बरदुबई क्षेत्रिय समितीका अध्यक्ष कृष्णनन्द जोशी र सुदूर पश्चिम सेवा समाज यूएई आजमान(शारजाह क्षेत्रिय समितीका सल्लाहाकार राजु बिष्ट तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्रबहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै नेपालीलाई विश्व सामु चिनाउन गिनीज बुक ऑफ दि विश्व रिकॉर्डमा नाम लेखाउने मनोज चन्दको प्रयास सफल रहोस् भन्ने कामना ब्यक्त गरेका थिए । बिशेष अतिथि धर्मराज पाण्डेयले चन्दले छिट्टै कृतिमानी कायम गरेको खबर सुन्नु पाईयोस् भन्ने जिज्ञासा राख्दै शुभकामना दिएका थिए ।
त्यस्तै अन्य अतिथिहरुले पनि आ आफ्नो शुभकामना मन्तब्य राख्दै बिश्व कृतिमानी यात्राको दौरानमा रहेका चन्दलाई शुभकामना दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोहि कार्यक्रममा सुदूर पश्चिम सेवा समाज यूएईले बिश्व यात्राका दौरानमा केहि सहयोग होस् भनि चन्दलाई नेपाली रु १९,८७५ (उन्निस हजार आठ सय पचहत्तर रुपैया) आर्थिक सहयोग पनि गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com