गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक !


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो हालको विनिमय दरअनुसार करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर पुर्‍याएर आधारशिविर फर्काएबापत् उनीहरूले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारि श्रमिक लिने गरेका छन् । पछिल्लो समय पर्वतारोहण गाइडको माग बढ्दो भएकाले पारि श्रमिक पनि बढ्दै गएको हो ।

नाम्चे(७, थामे सोलुखुम्बुका पथप्रदर्शक कामीरिता शेर्पालाई सेभेन समिट ट्रेक एन्ड एक्स्पिडिसन कम्पनीले ३० हजार अमेरिकी डलर दिने करार गरेको छ । २०७५ र २०७६ मा गाइड गर्ने गरी वार्षिक ३० हजार डलर दिने सम्झौता गरेको कम्पनी प्रमुख मिङमा शेर्पाले जानकारी दिए । पछिल्लो समय हिमाल आरोहण गर्नेको संख्या बढेको छ । तर दक्ष आरोहण पथप्रदर्शक विदेसिने गरेकाले गाइडको माग बढ्दो छ ।

यसरी हिमालमा आरोहीलाई गाइड गरेबापत् वार्षिक ३० हजार अमेरिकी डलर लिनुले भविष्व उज्वल रहेको सन्देश दिएको पथप्रदर्शक नरेन ठकुरीले बताए । २०५० सालयता निरन्तर हिमाल आरोहणमा गाइड गर्दै आएका कामीरिता शेर्पाले गत वर्ष २२ औं पल्ट सगरमाथाको आरोहण गरी सर्वाधिक आरोहण गर्ने व्यक्तिको विश्व कीर्तिमान बनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश कीर्तिमानी आरोही विदेस पलायन हुने गरेका छन् तर कामीरितालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन मागअनुसार पारि श्रमिक दिएको कम्पनी प्रमुख शेर्पाले बताए । दक्ष आरोहीको विदेशमा सम्मान नहुने भएकाले देशमै सम्मान दिनु र पथप्रदर्शकको महत्व बढाएको कम्पनीको भनाइ छ ।

कामीरिताले पर्वतारोहणमा गरेको योगदानका आधारमा पारि श्रमिक निर्धारण गरेको र पर्वतारोहण गाइड आम्दानीका दृष्टिकोणले पनि राम्रो भएको सन्देश पुगेको नेपाल पर्वतीय प्रशिक्षण संघका अध्यक्ष गाइड लाक्पा शेर्पाले बताए । ‘कामीरिताले खासै तालिम लिएका छैनन् तर तालिम लिएका गाइडले मात्र हिमालमा काम गर्न सक्छन् भन्ने हुँदैन, हिमालमा कति खट्न सक्छ त्यसले पनि फरक पार्छ । तर तालिम पनि आवश्यक छ’, कामीरिताको क्षमताको कदर भएको बताउँदै उनले भने ।

हिमालमा काम गर्ने दक्ष व्यक्ति र तालिमप्राप्त पथप्रदर्शकले एउटा आरोहण दलबापत् १०(१२ हजार अमेरिकी डलरसम्म लिने गर्छन् । तर यति धेरै पारि श्रमिक दिने करार भएको यो नै पहिलो हो । गाइड मिङमा ग्याबु शेर्पाले एउटा पर्वतारोही दलको आरोहण सफल बनाएबापत् १० हजार अमेरिकी डलर लिने गरेको बताए । ‘अमेरिका भासिएर भाँडा माझेर पैसा कमाउनुभन्दा स्वदेशकै हिमालमा इज्जतपूर्वक काम गर्न खुसी मानेको छु’, उनले भने ।

नयाँ आरोहण पथप्रदर्शक उत्पादन न्यून छ । नयाँ गाइडलाई कम्पनी÷एजेन्सीले प्राथमिकता दिएका छैनन् । सेभेन समिटले वार्षिक १० जनाभन्दा धेरै नयाँ गाइडलाई अवसर दिँदै आएको छ । तालिमप्राप्त राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र परम्परागत गाइडले हिमालमा काम गर्दै आएका छन् । देशमा ५८ जना राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक छन् भने बाँकी परम्परागत गाइडले काम गर्दै आएका छन् ।

तालिम नलिए पनि हिमाली क्षेत्रमै हुर्किएकाहरू दक्षतापूर्वक काम गर्छन् । विश्वले नेपालको हिमाल आरोहणमा रुची देखाएसँगै पथप्रदर्शकको माग बढ्दै गएको छ । गाइडको भविष्व उज्वल भएको भन्दै सरकारले मान्यता दिएर सूचीकृत गर्नु पर्ने राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष आङनुर्बु शेर्पाको माग छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com