प्रहरी अधिकारीलाई पदिय मर्यादामा रहेर काम गर्न महानिरीक्षक खनालको आग्रह


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदिय मर्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराउनुभएको छ ।

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दे प्रहरी प्रमुख खनालले पदिय मर्यादामा रहन सबैलाई सचेत गराउनुभएको हो ।

२४ सै घण्टा काममा परिचालित हुदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उहाँले पदिय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो । कानुनमा भएका छिद्र मार्फत पदिय दुरुपयोग गराउन खोज्ने प्रति सधै सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रहरी संगठन बलियो भएमा पुर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उहाँले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले प्रहरी संगठनले सधै साधन स्रोतको अभाव खेपिरहनुपरेको तितो यथार्थका बीच सुरक्षालाई पनि विकासको अवाधारण संगै अघि बढाउनुपर्ने मान्यता स्थापित गराउन आफु प्रयत्नशिल रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com