लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ ।

एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो ।

लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो ।

यहाँ कति प्रजातिका वनस्पति छन् भन्ने विषयमा अध्ययन जरुरी छ,उहाँले भन्नुभयो, “अध्ययनपछि बुद्धकालीन वनस्पतिका बारेमा समेत थाहा हुनेछ । ”
लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“अहिले नयाँ वनस्पति थप भए नभएको बारे अनुसन्धान थालेको छौ ।”हालसम्म लुम्बनीमा १२ प्रजातिका बुद्धकालीन समयका बिरुवा वनस्पति विज्ञ अच्युत तिवारी जानकारी दिहुन्छ । यहाँ बुद्धकालीन समयका महत्वपूर्ण वनस्पति भेटिएका छन् ।

उहाँ भन्नुहुन्छ, “ती यही उत्पादन भएका हुन कि बाहिरबाट ल्याएर लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”यहाँ रुख बिरुवा हुर्काउनका साथै जलचर प्राणीको वासस्थान विस्तार गर्न विकास कोष क्षेत्रभित्र १० वटा ठूला पोखरीको निर्माण समेत शुरु भएको छ ।

हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा हाल आँप, पिपल, सिसौ, जामुन, निमलगायत वनस्पति र मृग, निलगाई, बँदेल, कछुवा, सर्प, लोखर्के पाइन्छन् । साथै सारस लगायत जलचर, थलचर जीव जन्तु तथा पक्षी पनि छन् ।

लुम्बिनी चराचुरुङगीका लागि समेत उपयुक्त वासस्थान मानिन्छ । यहाँ सारस कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडिफोर, घोगीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, लामोऔले, मरुल, जलअप्सरा, छुट्टिच्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा र तोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले,साइबेरीयन रुबि, रानीचरी, लगायतका २२२ प्रजातिका चरारा पाइन्छन् ।

वनस्पति र जीवजन्तुलाई संरक्षण गर्नसकेमा मात्र जैविक विविधताको संरक्षण गर्न सकिने भएकाले तिनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको वनस्पतिविद्हरू बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com