नेमार बने विश्वकै महंगा खेलाडी, पछि परे मेस्सी


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ ।

यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ,  १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com