ससुरालीमै पत्नीमाथि एसिड प्रहार


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले ।

तर कोठामा एक्लै भएको बेला श्रीमान्ले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् । एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन् । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन ।

घटनामा उनले लगाएको कपडा भने जल्यो । एसिड प्रहारसँगै अश्मी चिच्याइन् । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे । र पुगेर भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन । अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले । ‘ श्रीमान् सुध्रिएछन्, त्यसैले त लिन आए भन्दै सुरुमा खुसी भएकी थिएँ’, अश्मीले भनिन्, ‘पछि ममाथि एसिड पो प्रहार गरे, धन्न घोप्टो परेर अनुहार जोगाएँ ।’

भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थिइन् । तर त्यसपछि पनि श्रीमान्को हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थिइन् । विरेनले तीन दिनअघि अश्मीका मामालाई फोन गरेर एसिड प्रहारको धम्की दिएका थिए । ‘फेसबुक चलाएको कुराले शंका मात्रै गथ्र्यो’, अश्मीले भनिन्, ‘सधैं रक्सी खाएर कुटपिट गर्न थालेपछि माइत बस्दा पनि फोन गरेर धम्की दिएर हैरान पारेको थियो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

पाँच वर्षअघि विवाह गर्दा अश्मी १७ वर्षकी थिइन् । विरेन भने ४२ वर्षका थिए । त्यति बेला उमेरको भिन्नताको प्रवाह नगरी आफ्नो खुसीले विवाह गरिन् । तर उनै श्रीमान्ले बुधबार एसिड प्रहार गरे । उनीहरूबीच सामाजिक सञ्जालको विषयले फाटो आएको हो ।

पोखरा लेखनाथ महानगरपाकिला-२९ आदर्शनगरका विरेन गुरुङले सुसुराली पुगेर श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । पोखराबाटै गाडी रिजर्भ गरेर साथीहरूसहित चितवनको भरतपुर महानगरपालिका-२४ ध्रुवस्थित सुसुराली पुगेका थिए । अश्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेकाले शुक्रबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ ।

आक्रमण गरेर भाग्न खोजेका विरेनलाई प्रहरीले पक्राउ गरेको हो । नारायणगढको लायन्सचोकबाट समातिएका उनीसँग पोखरा महानगर-१० का ३९ वर्षीय हेम थापा, हेटौंडा-१० का २४ वर्षीय विवेक गुरूङ र पोखरा-२९ बस्ने निरेन गुरूङ पक्राउ परेका छन् । पोखराबाट ग१य ५४३ नम्बरको गाडीसहित उनीहरू समातिएका हुन् । उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com