काठमाडौंमा सामान बोक्ने भारतीय कन्टेनरमा २ सय ३५ किलो चरेश
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
काठमाडौं सामान पुर्याएर भारत फर्किन लागेको भारतीय नम्बर प्लेटको कन्टेनरमा २ सय ३५ किलो चरेश फेला परेको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरबाट २ सय ३५ किलो चरेश बरामद गरेको हो ।
प्रहरीले चरेशसहित कन्टेनरका चालक भारतीय नागरिक र कन्टेनगरमा सवार नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्टेनगरका चालक भारत उत्तर प्रदेको निघौतली सिहोदावाका सत्येन्द्र सिंह वेघल र पर्साको सोनवर्षा–५ का लाम महम्मद गद्दी छन् ।
कन्टेनटरको क्याविन माथिको भागमा फल्स बटम बनाएर चरेश भारततर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।






