अपराधी जो सुकै भएपनि कानुन बमोजिम कारबाही गर्नुपर्छ :आइजीपी खनाल


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलत्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरु उच्च व्यवसायिककता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आईतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।

अबैध हातहतियार,महिला हिँसा,भ्रष्टाचार,गुण्डागर्दी,चोरी,डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए ।  महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जो सुकै भएपनि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । कार्यालयमा आउने सेवाग्रहीलाई पिडिमैत्री व्यवहार प्रदर्शन गर्नु पर्नेमा उनले जोड दिएका छन ।

कार्यालय व्यवस्थापन,जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरिक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन सधैँ तयारी अवस्थामा रहनुपर्ने समेत बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संगठनको नीति बिपरित काम गरेमा जो सुकै पनि कारबाहीको भगिदार हुने उनको भनाइ छ । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका अभियुक्तका आफन्तहरु संग तथा पीडित परिवारसंग भेटघाट समेत गरेका थिए ।

यस अघि महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा महानिरीक्षक खनालले महिला हिंसा हत्या,बलत्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिईने उल्लेख गरेका छन ।

कञ्चनपुर जिल्लालाई साधनस्रोत तथा भौतिक पुर्वाधार निर्माणमा प्रातमिकताका साथ हेरिएको बताउदै खनालले यसले प्रहरी कार्यमा थप सक्रियता अपनाउनुपर्ने उल्लेख गरेका छन ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,नागरिक समाज,महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com