अष्ट्रेलियामा रहेर नेपाली पहिचानको संरक्षण तथा नि:स्वार्थ समाजसेवामा तल्लिन भरनशेर राई


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

भरनशेर राई भू.पू गोरखा सैनिकको रुपमा सन् १९८९ मा अष्ट्रेलिया आउनुभएको थियो । उहाँ सार्वजनिक कार्यक्रमको बीचमा अष्ट्रेलियाको नागरिकता प्राप्त गर्ने पहिलो गोरखा सैनिक हुनुहुन्छ । भिक्टोरिया राज्यको मोईमा भएको उक्त कार्यक्रम च्यानल सेभेनले प्रसारण गरेको थियो।

भिक्टोरियाको मोईमा भू.पु गोरखा सैनिकको बसोवासको लागि समेत राईले पहल गर्नुभएको थियो । भू.पु गोरखा सैनिकको बसोवास भएपछि उहाँले मोईमा संग्राहलय तथा प्रदर्शनीस्थल स्थापना गर्नुभएको छ । उक्त संग्राहलयमा बेलायती सेनामा गोर्खालीले गरेको प्रदर्शन तथा पहिलो र दोस्रो विश्वयुद्धमा उनीहरुको भूमिका देखाइएको छ । राई सन् १९६४ देखि १९६५ सम्म भएको बर्नियो युद्धमा गोरखा सैनिकको रुपमा अष्ट्रेलियाका सैनिकको साथमा युद्ध लड्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भरनशेर राई कन्ट्री फायर अथोरिटी भिक्टोरियामा स्वयंसेवी फायरफाइटरको रुपमा काम गर्ने पहिलो नेपाली हुनुहुन्छ । यसको साथै उहाँ गिप्सल्याण्डमा वनजंगल संरक्षणमा लाग्ने पहिलो गोर्खाली पनि हुनुहुन्छ । राईले अष्ट्रेलियाको राष्ट्रिय दिवसको परेडमा मार्च पास गर्नुभएको थियो । त्यसयता विगत २५ वर्ष देखि उहाँ मोईमा अष्ट्रेलियाको राष्ट्रिय दिवसको अवसरमा हुने परेडमा मार्चपास गर्दै आउनुभएको छ । अष्ट्रेलियाको राष्ट्रिय दिवसको परेडमा मार्चपास गर्ने उहाँ पहिलो भू.पू गोरखा सैनिक हुनुहुन्छ ।

आफ्नो कला र संस्कृतिलाई अत्यन्तै माया गर्ने भरनशेर राईले मोईमा बस्न थालेपछि लाट्रोब भ्यालीमा रहेका प्राथमिक विद्यालयहरुमा नेपाली लोक तथा परम्परागत नृत्य सिकाउन सुरु गर्नुभयो । यसको साथै उहाँले बिनायो र मुर्चुङ्गा बाजा बजाएर अष्ट्रेलियाका स्थानीय कलाकारहरुसंग समेत प्रस्तुति दिनुभएको थियो । कला, संस्कृतिको संरक्षण तथा प्रबर्द्धनमा जोड दिने उहाँले ढोल आफै बनाउने, विभिन्न कार्यक्रमको लागि बजाउने गर्नुहुन्छ । उहाँले किराती समुदायका पूराना भाकाहरुलाई संकलन गरेर जगेर्ना गर्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ । मेलबर्नमा हरेक वर्ष किरांत फेस्टिवल मनाउने गरिन्छ । उक्त किराँत फेस्टिवलको लागी राईले पहल गर्नुभएको थियो ।

विगत २५ वर्ष देखि उत्तिकै जोश, जाँगर सहित नि:स्वार्थ रुपमा सामुदायिक काममा खट्ने राई अष्ट्रेलियामा रहेको अन्य समुदाय र नेपाली समुदायलाई जोड्ने मूख्य अभियन्ता हुनुहुन्छ । उहाँकै पहलमा नेपाली कला, संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन हुनुका साथै अन्य समुदाय र नेपाली समुदाय बीच सहिष्णुता कायम रहेको छ । उहाँ मेलमिलाप, सामाजिक एकतामा जोड दिंदै बहुसांस्कृतिक समाज निर्माणमा लागिरहनुभएको छ ।

शरनशेर राई जसरि अलग-अलग संस्कृतिका, देशका व्यक्तिहरु मिलेर बहुसांस्कृतिक समाज निर्माण भइरहेको छ, त्यसरी नै सबै धर्म तथा आस्थाका व्यक्तिहरु सहितको समाज निर्माण गरिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। यही मान्यता अनुरुप विभिन्न धर्म, आस्था तथा संस्कृतिका परिवार सहितको सुन्दर , शान्त र समृद्ध समाज निर्माण गर्ने उहाँको अबको लक्ष्य रहेको छ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com