श्रीमतीले यौनसम्पर्क राख्न नमानेको दिनको रेकर्ड राखेर बसे श्रीमान, श्रीमतीले गरिदिइन् भाइरल


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

एकजना व्यक्तिले आफूले यौन सम्पर्कको लागि प्रस्ताव गर्दा श्रीमतीले मानेको र नमानेको दिनको रेकर्ड राखेको कुरा अहिले भाइरल भइरहेको छ । उक्त जोडी पाँच वर्ष देखि वैवाहिक सम्बन्धमा थियो भने सन्तान जन्मिएको छैन ।

एकदिन श्रीमती कामको लागि केही दिन बाहिर रहनेगरि घरबाट निस्कीइन् । ट्याक्सीमा बसेर एयरपोर्ट गइरहेको समयमा उनलाई एउटा इमेल आयो । उक्त इमेल उनकै श्रीमानले लेखेका थिए । तर त्यो इमेल अरु समयको भन्दा फरक थियो । उनले लेखेका थिए, ” मैले तिमीलाई १० दिनसम्म पनि याद गर्ने छैन सायद । किनकी तिमीले २७ दिनमा तीन पटक मात्र यौनसम्पर्कको मेरो प्रस्ताव स्वीकारेकी छौ । यौनसम्पर्कको लागि तिमी सधै बाहना बनाउने गर्छौ “। उक्त संदेशमा एउटा तालिका पनि उल्लेख थियो, जसमा यौन सम्पर्क प्रस्ताव, बाहना र गरे/नगरेको रेकर्ड थियो ।

श्रीमती झसङ्ग भइन् । उनका अनुसार, उनले आफ्नो श्रीमानले त्यसो गर्छन् या सोंचेको छन् भन्ने कहिल्यै थाहा पाईनन् । उनलाई अत्यन्तै नराम्रो लाग्यो र नजिकका मानिसहरुसंग सल्लाह पनि लिइन् । धेरैले सम्बन्ध विच्छेद गर्ने सुझाव दिए । त्यसपछि उनले श्रीमानले पठाएको उक्त संदेश सामाजिक संजालमा राखीदिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com