उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र तथा अखिल (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन् ।राहत वितरण गरेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
‘खुट्टा मर्केर टेक्नै गाह्रो भएकोले आफू आगलागी स्थल सम्म पुग्न नसकेपछि गाउँपालिकाको कार्यालयमासम्म पुगेर राहत सामग्री आगलागी पीडितहरुलाई बितरण गर्नेगरी पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई हस्तान्तरण गरेको उनले सञ्जालमा लेखेका छन् ।
पौष ९ गते मध्यरातमा भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।