नेपालको बिजुली भारत हुँदै बंगलादेश सम्म बिक्रि गर्ने बाटो खुलेपछि खुसि हुँदै कुलमानले के भने यस्तो


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

भारतको केन्द्रीय उर्जा मन्त्रालयले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा परिवर्तन गरेको छ।पुस ३ गतेबाट उक्त निर्देशिका लागु भएसँगे नेपालको बिजुली भारतमा बेच्न सहज हुने भएको छ।यसअघि २०७३ मंसिरमा जारी निर्देशिकाले नेपालबाट बिजुली बेच्न दोहोरो सर्त लगाएको थियो।ती सर्त बमोजिम भारतले किन्ने नेपालको बिजुलीको उत्पादन र व्यापारमा कम्तिमा ५१ प्रतिशत भारतीय लगानी आवश्यक पर्ने वा भारतले किन्ने बिजुली नेपाल सरकारको पूर्ण लगानीमा उत्पादन भएको हुनुपर्ने थियो। त्यस्तै नेपालमा विद्युतको ब्यापार गर्ने कम्पनी जसमा भारतीयको ५१ प्रतिशत सेयर छ भने बिजुली भारतमा बेच्न सकिने निर्देशिकामा उल्लेख थियो।

देशबीच भएको विद्युत व्यापार सम्झौताको मर्म विपरित भएको भन्दै नेपाली पक्षले त्यतिबेलै निर्देशिका परिवर्तन गर्नु पर्ने बताएको थियो। निर्देशिका संशोधन गर्न उर्जा मन्त्रालयले भारतलाई चिठी नै पटाएको थियो।

२ वर्षपछि भारतले आयोजनाको लगानी र व्यापार कम्पनीबारेका सर्त हटाएर निर्देशिका संशोधन गरेको हो।भारतीय निकायले छिमेकी देशमा उत्पादन भएको बिजुली भारत सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएर सोझै ती आयोजनाबाट वा सरकारमार्फत् वा सरकारी कम्पनीबाट वा त्यो देशको कुनै इजाजतप्राप्त कम्पनीमार्फत् आयात गर्न सक्नेछ, त्यसका लागि ती आयोजनाहरूले सम्बन्धित देशको सरकारबाट भारतमा बिजुली निर्यात गर्ने अनुमति प्राप्त गरेको हुनुपर्नेछ,’ नयाँ निर्देशिकामा भनिएको छ, ‘यदि दुई देशबीच द्वीपक्षीय सम्झौताअनुसार विद्युत खरिद गर्नु परे भारत सरकारले बिजुली आयात गर्ने निकाय तोक्न सक्नेछ।’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नयाँ निर्देशिकाले नेपाली पक्षका धेरै माग समेटेको र प्रगतिशील भएको बताए।‘चिठीसँगै नेपाली पक्षले विभिन्न बैठकमा निर्देशिकाका सर्तहरू हटाउन भारतलाई भनेको थियो,’ घिसिङले भने, ‘अहिले निर्देशिका परिवर्तन भएको छ। अब जुनसुकै देशले नेपालमा बिजुली उत्पादन गरे पनि भारतीय बजार खुला भएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले संशोधित निर्देशिकाले नेपाल र भारतमात्र होइन नेपालको बिजुली बंगलादेशलाई बेच्न पनि सहज भएको बताए।निर्देशिका अहिले भारतले विद्युत व्यापार गरिरहेका बंगलादेश, भुटान र नेपालका लागि भनेर ल्याइएको हो। तर अरु दुई देशलाई यो निर्देशिकाले कुनै असर पार्दैन। किनकि बंगलादेशले अहिले पनि भारतबाट पाँच सय मेगावाट बिजुली किनिरहेको छ। जलस्रोतबाट भविष्यमा बिजुली उत्पादन गरेर भारतलाई बेच्ने उसको कुनै सम्भावना छैन। भुटानमा निर्देशिकामा भएका कुरा अनुसार नै भारतले अहिले पनि बिजुली उत्पादन गरेर लिइरहेको छ।

विद्युत व्यापार सम्झौताको धारा ४ (ख)मा पक्षहरुले प्रत्येक देशका आधिकारिक/अनुमतिप्राप्त विद्युत उत्पादक/खरिदकर्ता/व्यापारीले आ–आफ्नो देशको कानुनअनुसार एक्सचेन्जमार्फत् गरिने लगायतका सीमापार विद्युत व्यापारमा संलग्न हुने सीमापार प्रसारण लाइनमा पहुँच खोज्न अनुमति दिनेछन् भन्ने उल्लेख गरिएको छ।भारतमा सन् २०२२ सम्ममा २ लाख ३९ हजार मेगावाट थप बिजुली माग हुने प्रक्षेपण गरिएको छ। सो अवधिमा नेपाले करिब ५ हजार मेगावाट बिजुली बेच्न सक्ने अनुमान गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com