Follow @khasokhasmag

नेपालमा चाउचाउ भित्र्याउने आचार्यको ‘चाउचाउ’ संघर्ष


प्रकाशित मिति : पुस ८, २०७३ शुक्रबार

खसोखास/काठमाडौँ
‘आरएआरए रारा मिठो भन्छन् सारा’ यो विज्ञापन रेडियो नेपालबाट नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो रारा चाउचाउ सार्ककै पहिलो चाउचाउ हो । ०३९ सालमा  गण्डकी नुडल्स प्रा.लि द्धारा उत्पादिन रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगका बस्तीहरुमा उत्तिकै रहको संस्थापक प्रवन्ध निर्देशक कृष्ण आचार्य बताउँछन् ।
यो उद्योगमा २५ वर्ष प्रवन्ध निर्देशकका रुपमा काम गरेका उद्योगी कृष्ण आचार्य र संस्थापक अध्यक्ष फणीन्द्र मान श्रेष्ठले सुरुका दिनमा चाउचाउ उत्पादनका लागि अथाह मेहनत गरेँ । स्वदेशमै काम गरेर खानुपर्छ भन्ने मान्यता राख्ने आचार्यले त्योबेला आफ्नो भागमा परेको सम्पत्ति बेचेर उद्योगमा लगानी गरेको बताए । नयाँ काम गर्दा आउने चुनौती र सम्भावनाका धेरै रगंसँग खेलेका रारा चाउचाउका पूर्व प्रवन्ध निर्देशक आचार्यले नेपालमा चाउचाउ भित्रिएको कुरा यसरी सुनाएँ :
……………………
विद्यार्थि हुँदा काठमाडौँमा चाउचाउ भन्ने शब्द बोलिदैनथ्योँ । त्योबेला ठूला र चाइनिज होटेलमा मात्र चाउमनि भनेर पाइन्थ्यो । पोखराको एक जना व्यापारीले भारतको शिलगुडीबाट सिन्के चाउमिन ल्याएर बेच्ने गदर्थे । एकदिन उहाँको पसल बाहिर बसेको बेला भारतबाट काठको बाकसमा आएको सिन्के चाउमिनको बाकस बिसाउँदा ढल्यो र फुट्यो । उनी छरिएको सिन्के चाउमिन समेट्दै थिए । त्यत्तिकैमा  उनलाई मैले प्रश्न गरेँ ‘यो नेपालमा बन्दैन ?’ उनले भने ‘नेपालमा बनाउने मान्छेनै छैनन् ।’

छाउछाउ बनाउँने सोँच : 
कुरा २०३० सालको । चाउमिन खाएपछि साथीहरु बीच चाउमिन उद्योग खोल्ने कुरा चलिरहेको बेला  नेस्नल ट्रेडिङले चाइनाबाट ल्याएको चाउमिन बनाउने उपकरण बेच्नको लागि विज्ञापन गरेको रहेछ । त्यो थाहा पाएपछि म र साथी फणीन्द्र मान श्रेष्ठ काठमाडौँ पुग्यौँ । मूल्य  जम्मा १२ हजार रहेछ । सानो थियो । मेसिन किनेर पोखरा फर्कियो । सानो भएकाले मैले साथीलाई एक्लै चलाउन सुझाँएँ ।  त्यसैक्रममा पोखरामा औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भयो । ठूलो स्केलमा काम गर्ने सोँचका साथ औद्योगिक क्षेत्र भित्र उद्योगको लागि टहरो बनायौँ  । त्यो सोँच हङकङबाट लाहुरेहरुले ल्याएको तयारी चाउचाउ खाँदा निकै स्वादिलो लागेपछि आएको हो । कसरी बनाउने ? नेपालमा हुन्छ हुँदैन ? तयारी छाउछाउ बनाउन  सकिएला कि नाई ? यस्तै–यस्तै कुरामा दुईवर्ष बिते ।

जापानिज कम्पनीलाई हुलाकबाट पत्र :
छाउछाउको मेसिन जापानमा बन्छ भन्ने थाहा पाएँ लगत्तै, जापानको कम्पनीलाई पत्राचार ग-यौँ । त्योबेला अहिले जस्तो इमेलको जमाना थिएन । फ्याक्स पठाउने चलन पनि थिएन । जापानको कम्पनीलाई हुलाकबाटै चिठ्ठी पठायौँ । पत्र पाएपछि कम्पनिको मालिक मिस्टर ओताके नेपाल आउनु भयो । काठमाडौँ आएकै दिन उनीसँग भेट ग-यौँ । तर, उनले नेपाल सानो देश ठूलो लगानीको कम्पनी चल्दैन भन्ने सोँचेर होला अर्कोदिन भेट्नै नगरि  जापान फर्केछन् । उद्योग सञ्चालनका लागि उत्साहित भएको बेला उनीको सोँचले केही निराश बनायो ।  हिम्मत हारेनौँ । फेरि, जापानको संस्था वभतचय मार्फत् अर्को कम्पनिलाई पत्राचार ग-यौँ । पत्राचार गरेको एक वर्षपछि मात्र छाउछाउको मेसिन किन्दा चाहिले पैसाको कोटेसन आयो । मेसिनका लागि नेपाली ३५ लाख चाहिने भयो ।

अनुमतिका लागि संघर्ष :
सरकारले ठूलो लगानीको उद्योग नेपालमा सम्भावना छैन भनिदियो । म औंद्योगिक सेवा केन्द्रमा पुगेर डिजिलाई अनुरोध गर्दै भने, एउटा रेष्टुरेन्टमा गएर स्थलगत अध्यायन गरौँ दिनमा १० पिलेट बिक्रि भएन भने मैले उद्योग चलाउँदैन । मेरो अनुरोधलाई स्विकार गर्दै उहाँले एक जना कर्मचारी पठाउनुभयो । कर्मचारीलाई लिएर म न्यूरोडको इन्दिरा रेष्टुरेन्टमा बजार अनुगमनका लागि पुगेँ । रेष्टुरेन्टको बाहिर बसेर चाउमिनको परिकार आएजति गन्दै जाँदा एक घण्टामा १४ पिलेट बिक्रि भयो । त्यो बेलासम्म सिन्के चाउचाउ मात्र आउँथ्यो नेपालमा । त्यसको भोलिपल्ट म औद्योगिक सेवा केन्द्रमा पुगेँे । एक घण्टामा १४ पिलेट बिक्योँ भने यो उद्योगको सम्भावना किन छैन सर भन्दै प्रश्न गरेँ । त्यसको एक महिलापछि मात्र उद्योग चल्नसक्ने सम्भावना छ, तर पोखरा होइन काठमाडौँमा, भनेर रिर्पोट आयो । त्यसपछि अर्को समस्या आइलाग्यो । यो उद्योगमा लगानी गर्ने सबै पोखराका बसिन्दा थिए । त्यो समस्यासँग कसरी जुध्ने होला भन्ने सोँचिरहेका बेला स्वः राजा विरेन्द्रलाई पहिलो पटक क्षेत्रीय भ्रमणमा भेट्ने मौका पाएँ ।

त्यहीँ मौका छोपेर राजासँग कुरा राखेँ । ‘सरकारले क्षेत्रीय सन्तुलनको कुरा गरिबक्सिन्छ, तर, हामीले पोखरामा उद्योग सञ्चालन गर्ने अनुमतिनै पाएनौँ ।’ उद्योगको बारेमा राजा विरेन्द्रलाई निवेदन गरेँ । स्वः राजा विरेन्द्रले हुकुम प्रमांगि गर्नुभयो । कुरा २०३५ सालको हो । राजाको हुकुमपछि पोखरामै उद्योग चलाउन पाउने भयौँ । सुरुमा जम्मा ४ जनाले काम गरिरहेका थियौँ । मेसिनको मूल्य र डलर बढ्दै गयो त्यसपछि हामीले मात्र गर्न सक्दैनौँ भन्ने निष्कर्ष निकालेर धेरै साथीहरुलाई उद्योगमा सियर लगानीको लागि आब्हान ग¥यौँ । सुरुमा झण्डै–झण्डै एक सय जना पुग्यौँ । १० हजार देखि डेढलाखसम्म साथीहरुले जम्मा गरेँ । २०३७ सालदेखि निर्माण प्रक्रिया सुरु भयो । २०३९ साल माघ २३ गते हामीले पहिलो उत्पादन गरेका थियौँ ।

नुडल्स र निडल्स :
तयारी चलिरहेको बेला एउटा घटना घट्यो ।  हामीले उद्योगको लागि ३५ लाख बराबरको विदेशी मुद्राको माग गरेका थियौँ । त्योबेला केही कम्पनिहरुले विदेशी मुद्राको अपचल गरेका रहेछन् । हामी विरुद्ध पनि  त्योबेलाको बिशेष प्रहरी कहाँ उजुरी परेको रहेछ । उद्योग विभागबाट प्रहरीले हाम्रो सबै फाइल अनुसन्धानको लागि भन्दै लगेछ । कर्मचारीले रिपोर्ट पठाउँदा नुडल्स भन्ने ठाउँमा निडल्स भनेर पठाएछन् । त्यसपछि जाबो चियो कम्पनी खोल्नका लागि ३५ लाख विदेशी मुद्रा किन चाहियो भन्दै कम्पनिको फाइन अनुसन्धानमा पुगेको रहेछ । महिनौँसम्म फाइल रोकिएपछि म काठमाडौँ उद्योग विभागका महानिर्देशकलाई भेट्न १० दिनसम्म कार्यलयमा धाँए । दशौँ दिनमा उहाँलाई भेटेपछि सोधेँ ‘सर मेरो कम्पनिको फाइल किन रोकियो ?’ उहाँले ठाडै जवाफ दिनुभयो ‘जाबो सियो कम्पनिको लागि ३५ लाख विदेशी मुद्रा किन चाहियो ?’ जवाफमा भने ‘सियो उद्योग होइन सर ।’ फेरि उहाँले भन्नुभयो ‘त्यही गण्डकी निडल्स प्रालिको कुरा गरेको होइन ?’ त्यसपछि मैले थाहा पाएँ गलत रिपोर्ट तयार भएछ भनेर । उहाँलाई कम्पनीको बारेमा बताएपछि हास्दै भन्नुभयो ‘तपाइको फाइल पुतली बँगैचामा (सिंहदरवारको विशेष प्रहरी बस्ने ठाँउ) पुगेको छ,  दुई चार दिनपछि आउनु म ल्याउँछु ।’ त्योबेला महानिर्देशक जिवनलाल सत्याल हुनुहुन्थ्यो । निडल्स र नुडल्सको बारेमा थाहा नहुँदा भोगेको रमाइलो सम्झान हो यो ।

कोलकत्तामा मेसिन रोकिँदा :
भारतले पारबाहन सन्धि अनुसार नेपाली उद्योगीहरुले भारतको बाटो हुँदै ल्याउने सामान हरायो भने समानको इन्सुरेन्स आफै गर्नुपर्ने भन्यो । त्यसपछि जापानबाट आएको मेसिन एक महिनासम्म कलकत्ता मै रोकियो । कलकत्ताबाट धेरै दुःखका साथ नेपालमा मेसिन भित्रियो । मेसिन ल्याएपछि अन्य तयारीको लागि थप एकवर्ष लाग्यो । मेसिन रोकिएपछि धेरै साथीहरु आत्तिएर लगानी फिर्ता लिनु भयो भने लगानी गर्छु भनेर बोलेका साथीहरु आउँदै आउनु भएन । ५५/६० जनाको ग्रुपले सुरु ग¥यौँ ।

ब्रिटिस आर्मीमा काम गरेर फर्कनु भएको फणीन्द्र मान श्रेष्ठ अध्यक्ष र म प्रवन्द निर्देशकको रुपमा काम थाल्यौँ । विदेशमा बस्दा चाउचाउ खाएको कारण पनि उहाँहरुले लगानी लगाउन तयार हुनुभएको हो । लगानी गर्नेमा धेरै जसो ब्रिटिस आर्मीबाट अवकास प्राप्त लाहुरे हुनुहुन्थ्यो ।

‘चाउचाउ’ नाम:
चाउचाउ बनाउने मेसिन आयो । तयारी पूरा भयो । कुरा आयो नाम को । नाम के राख्ने ? साथीहरु बीच बहस सुरु भयो । सबैको एउटै कुरा थियो सकेसम्म नाम छोटो राख्नुपर्छ । छोटो नाम सोच्दै जाँदा ‘रारा’ सबैभन्दा छोटो लाग्यो । पोखरामा  फेवा पनि थियो । तर, रारा सजिलो लाग्यो । नाम रारा  भयो । त्यो बेला समान्य बोल्दा मानिसहरु छाउछाउ नै भन्दथेँ ।  धेरै पूर्व र खासगरी धरानका मानिसहरुले बढी खाने गर्दथेँ । छाउछाउ भन्दा अलि कर्ण प्रिय चाउचाउ हुन्छ जस्तो लागरे मैले ‘चाउचाउ’ नाम प्रस्ताव गरेको हुँ । सबैले ठिक छ भन्नुभयो । त्यसमा हामीले रारा चिकेनको स्वादमा र फेवा भेजिटेरियनको स्वादमा आयो । एकै पटक दुईवटा उत्पादन भयो । त्यसको प्याकेटको डिजाइन सबै जापानबाट गरेको हो । मूल्य जम्मा ३ रुपैयाँ ५० पैसा थियो । उत्पादनको लागि चाहिने सबै सामान  सुरुका दुई वर्षसम्म  जापानबाट आयो । जापानबाट आउने सामान महंगो भएपछि सिंगापुरबाट ल्याउन थाल्यौँ । दक्षिण एसियाकै पहिलो चाउचाउ कम्पनी गण्डकी नुडल्स प्रालि नै हो ।

म्यागीसंगको प्रतिस्प्रर्धा :
गण्डकी प्रालि स्थापना भएको गरिव ६ महिनापछि भारतमा म्यागी आयो । उसले पञ्जावबाट उत्पादन सुरु ग¥यो । म्यागीले पहिलो उत्पादन नै  नेपालमा ल्यायो । उनीहरुको ठूलो कम्पनी हाम्रो सानो थियो । हामीलाई अप्ठ्यारो नै पर्ने अवस्था भयो । म्यागीले  १० वटा म्यागीको खाली कभर ल्याउनेलाई बल भन्दै प्रचार गर्यो । तर, त्यो बेला उनीहरुसँग भिड्नको लागि राष्ट्रिय भावनाले काम गर्यो । ऊ बेला प्रतिबन्दित पार्टीका नेताहरुले गाउँगाउँ बस्तीबस्तीमा दिने भाषण र प्रशिक्षणमा राष्ट्रिय उद्योगलाई विदेशीले कसरी हेप्छ भन्ने कुरा म्यागी र रारा चाउचाउ हेरे पुग्छ भन्दै उदाहरण दिए । पत्रपत्रिकाले भारतसँग चाउचाउ युद्ध भनेर लेखे ।  त्यसपछि सबैमा राष्ट्रिय उद्योगलाई संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास भयो । दोस्रो, हाम्रो उत्पादनलाई नेपाली ग्रहकहरुले मनपराउनु भो । म्यागी नेपालबाट विस्तापित हुँदै गयो । रारा उद्योग सुरु भएको २ वर्षपछि वाईवाई आयो ।

उत्पादन र जनशक्ति :
टिम दुई थरीको थियो । एउटा राजनीतिबाट आएको अर्को अवकास प्राप्त व्रिटिस लाहुरे । हामी सबैमा नेपालमै उद्योग चलाउनु पर्छ भन्ने इच्छा शक्ति थियो । मेसिन चाउने व्रिटिस सेनाबाट अबकास प्राप्त एक जना साथी थिए । टिमले पढेर भन्दा परेर सिकेको हो । वितरणको लागि अञ्चलस्तरिय डिलर बनाएका थियौँ । काठमाडौँ ठूलो बजार भएकाले तीन ठाउँमा डिलर राखियो । सुरुको वर्ष उद्योगबाट ८२ हजार कार्टुन उत्पादन भायो । एउटा कार्टुन ३० प्याकेटको हुनथ्यो । उत्पादन गरेको बस्तुलाई बजारमा कसरी लैजाने भन्ने बारेमा हाम्रो टिमले विभिन्न विज्ञ र संघसस्थाबाट तालिम लिदैगयौँ । पनि हाम्रो टिमले लियो । तालिमको लागि विदेशमा पनि पुग्यौँ ।

घ्यूका व्यापारी :
अर्को रमाइलो घटना । अनुभव शुन्य  थियो ।  मेसिनसँगै जापानबाट एक जना इन्जिनियर आएका थिए । सबै तयार भयो चाउचाउ बन्यो । तर, त्यो फ्राई गर्न घ्यू चाहिने रहेछ, पत्तै भएन । चाउचाउ तयार भएपछि जापानिजले भने ‘अब यो ट्याङकी घ्यूले भोर्नुस् ।’ त्यो बेला एकले अर्कोलाई हे¥यौँ मात्र । किनकी हामीले त घ्यू ल्याएकै थिएनौँ । ट्याङकी भर्न ५० टिन घ्यू चाहिने रहेछ । घ्यू किन्न बजार पठाएको कुनै पनि ब्यापारीले उधारो पत्याएनन् । त्यो दिन जम्मा भएका साथीहरुले आफ्नो खल्तीमा भएको पैसा निकालेर बजार घ्यू किन्न पठाएको पैसा पुगेन । धेरै अनुरोधपछि बल्ल घ्यू व्यापारीले सहयोग गरेँ । नयाँ काम भएकाले पनि व्यापारीले विश्वास गरेनन् ।

साथीबाटै अपहेलित :
विद्यार्थि बेलादेखिको काठमाडौँमा चिनेको साथी थियो । उसको राम्रो पसल पनि थियो । साथीलाई आफ्नो उद्योगमा उत्पादन गरेको चाउचाउ भन्दै उत्साहित भएर सुनाउन गएको थिँए । चाउचाउको प्याकेट साथीले आफ्नो टेबलमा समेत राख्न दिनए । यस्तो काम नलाग्ने कुरा म कसरी बच्नु भन्दै रिसायो ।  भन्यो ‘दोस्ती एकातिर ब्यापार अर्कोतिर ।’ त्यसपछि म भारी मन लिएर फर्किएँ ।  तर, दुई वर्षपछि त्यही साथीले काठमाडौँको डिलर मलाई दिनुपर्यो भन्दै मेरोमा धेरै पटक धायो ।

विज्ञापन :
आरएआरए मिठो भन्छन् सारा । यो विज्ञापन रेडियो नेपालमा विहान पौने आठमा बज्न थाल्यो । यति कर्णप्रयि भयो कि मानिसहरु यसलाई घडी नै बनाए । धेरै बच्चाहरु राराको विज्ञापन बज्न बित्तिकै स्कुल जाने समय भन्दै हिड्ने गर्दथे ।
नेपालमा राम्रो विज्ञापन बनाउने एजेन्सी नपाएपछि म भारतको कोलकत्ता पुगेँ त्यहाँको विज्ञापन एजेन्सीसंग कुरा गरेँ ।  चित्तबुझ्दो भएन । उनीहरुले हाम्रो भावनालाई बुझ्नै सकेनन् । त्यसपछि मुम्बाई पुगेँ । त्यहाँ मातिघर फिल्म खिचेको स्टुडियोमा काम गर्ने व्यक्तिसंग कुरा भयो । त्यही स्टुडियोमा चाउचाउको विज्ञापनका लागि भिडियो तयार भयो । तर भने जस्तो हुन सकेन । ऊ बेला विज्ञापन सिनेमा हलमा देखाउने प्रचलन थियो । अहिले जस्तो टिभिहरु थिएनन् र पत्रपत्रिका साप्ताहिक मात्र थिए । अनि रेडियो थियो । रेडियोबाट पनि विज्ञापन निरन्तर बज्न थाल्यो प्रचार प्रचास राम्रो हुँदै गयो । उत्पादन पनि त्यहीँ अनुसार नै बढ्दै गयो । राराको विज्ञापन रेडियो नेपालमा ४२ सालतिरबाट बज्न थालेको हो, तर दिन  समय भने याद भएन ।

साइनोले जोडेको भारतिय बजार:
२०४४ सालतिरको कुरा हो । भारतमा पनि हाम्रो उत्पादन पठाउनुपर्छ भन्ने सोँच आयो । त्यसको लागि हामीले सरकारसँग आग्रह गरौँ । सरकारका कर्मचारीहरुले भने तपाईहरुको मैदा बाहेक सबै कच्चा पदार्थ बाहिरबाट आउँछ त्यसैले मान्दैनन् होला ।
त्यो बेला भारतको बाणिज्य सचिब आबिद हुसेन हुनुहुन्थ्यो । उहाँले नेपाली चेली विवाह गर्नु भएको रहेछ । ललितपुरको कार्कीको छोरी विवाह गरेको कुरा कमल सिंह कार्कीले बताउनुभयो । यहाँसग काठमाडौँ बस्दा परिचय भएको थियो । उहाँले आबिद हुसेनलाई भेट्ने भन्दै जोड गर्नुभयो । त्यसपछि सचिवलाई भेटेर आफ्नो कम्पनिको बारेमा जानकारी गराएँ ।
उहाँले निकै हल्लका रुपमा भन्नुभयो ‘तिम्रो सरकारलाई एजेन्डामा राख्न भन मलाई कुनै आपत्ति छैन, निर्णय हुन्छ ।’ त्यो सुनेपछि म उत्साहित हुँदै हाम्रो बाणिज्य सचिवकोमा पुगेँ । हाम्रो बाणिज्य सचिवलाई बताएँ  मैले भारतको बाणिज्य सचिब आबिद हुसेनसंग कुरा गरेको छु उहाँले एजेण्डामा राख्न भन्नुभएको छ, तपाईले सहयोग गर्नु पर्यो भन्दा विश्वास गर्नु भएन । त्यहाँकाम गर्ने बद्रि ओझाले मलाई बोलाएर सोध्नु भयो ‘भाई तिमीले साँच्चै आबिद हुसेनसंग कुरा गरेको हो ? त्यसो हो भने म एजेण्डामा राखिदिन्छु ।’
हुसेन आउने दिन म दिल्ली पुगेँ । उहाँ जुन प्लेनबाट नेपाल आउँदै हुनुहुन्थ्यो त्यसैको टिकट काँटेर एयरपोर्टमा उहाँलाई भट्न भन्दै गएँ । एयरपोर्टमा भेटेपछि नुडल्सको बारेमा नेपाल सरकारले राख्ने भएको छ त्यही कुरा हजुरलाई सम्झाउँ भनेर मात्र । उहाँले चिन्ता नगर्नुस् पास हुन्छ भन्नु भयो । भने अनुसार काम भयो । भारतमा विना भन्सार चाउचाउ जान थाल्यो ।

स्व.राजा विरेन्द्रसंग :
२०४२ सालको कुरा हो । काठमाडौँको भृकुटी मण्डपमा औद्योगिक मेला हेर्न स्व. राजा विरेन्द्र र रानी आउनु भएको थियो । त्यहाँ हाम्रो उद्योगको पनि स्टल राखेका थियौँ । राजा आउने भएपछि बिचबिचमा कर्मचारीहरुले राजाको सवारी हुँदैछ गुनासो केही नगर्नु है भन्दै जाँदै गरेका थिए । त्योबेलाका उद्योग बिभागका डाइरेक्टर राम विनोद भट्टराईले सोध्नु भयो ‘तपाई राजासँग बोल्न डराउनु हुन्छ कि हुँदैन ?  हराउनु हुँदैन भने आफ्ना कुरा राख्नुस्‘ भन्दै हौसला दिनुभयो । मैले आफ्ना कुरा बोल्न पाए बोल्छ नपाए लेखेको दिन्छ भन्दै घरबाट तयारी गरेर गएको थिएँ । राजारानी हाम्रो स्टलमा आउनुभयो ।

स्व. राजा विरेन्द्रले सबै हेरेपछि सोध्नु भयो : ‘यसको उद्योग कहाँ छ ?’
मः पोखरामा ।
राजा : ‘यसको लगानी कर्ता को हो ?’
म :सबै गोरखाली हुन सरकार । राजा हास्नु भयो । रानीले कुरा नबुझेर सोधिन । एकैछिन् हासो भयो । राजाले रानीलाई अंग्रेजीमा सबै सम्झाउनु भयो ।
राजा : ‘केही समस्या छ कि ?’
म : बोल्ने मौका पाएँ । उद्योगको बारेमा ब्याख्या गर्दै भने स्वदेशी उत्पादन र स्वदेशी लगानी कर्ता हुन सबै । तर, सरकार अन्तशुल्क लागेको छ ।
राजा : ‘शुल्क छुटको लागि कसैसंग भनेनौँ ?’
म : भन्न त भने सरकार तर, पशुपतिमा फुलचढाए जस्तै भो । सरकारलाई धेरै पटक निवेदन गरियो, केही जवाफ आएन ।
राजाः ‘मुस्कुराउँदै भन्नु भो निवेदन लेखेर ल्याएका छौँ ? ‘
म : ल्याएको छु सरकार  भन्दै मैले निवेदन दिएँ ।  उहाँले त्यहीबेला निजिसचिवलाई दिँदै भन्नुभयो ‘यसलाई हटाऊ ।’ त्यसको भोलीपल्ट चिठ्ठी आयो अन्तशुल्क ५० प्रतिशत घट्यो भन्दै ।  स्व.राजा विरेन्द्र दोस्रो पटक पोखरामा लागेको औद्योगिक मेला हेर्न आएको बेला पनि कुरा गर्ने मौका मिलेको थियो । त्यो बेला उहाँ उद्योगको भ्रमण पनि गर्नु भएको थियो ।
राजा : ‘मैले केही गरिदिनुपर्छ कि ?’
म : एउटा निवेदन छ सरकार । व्यारेकमा रहेका सेना पुलिसलाई हप्तामा एउटा चाउचाउ खुवाउने व्यावस्था मिल्यो भने उत्पादन राम्रो हुने थियो । तर, त्योबेला उहाँ केही बोल्नु भएन । उहाँलाई सल्लाह दिनेले हुँदैन भने भन्ने हल्ला बाहिर आयो तर, वास्तविकता थाहा भएन ।
२०५२ सालमा भएको मेरो एक्सुडेन्टपछि  ६ महिना उद्योगमा जान सकिन । त्यो बीचमा लगानी कर्ताहरु विच केही अन्तरविरोध देखा पर्न थाल्यो । व्यापारमा झगडा गरेर समय वर्वाद गर्नुभन्दा नयाँ विजनेस सुरु गर्नु उचित ठानेर मैले २०५७ सालमा प्रवन्ध निर्देशकबाट राजिनामा दिएँ । म भन्दा पहिला फणीन्द्र मान श्रेष्ठले छोडेर अर्को उद्योग सुरु गर्नु भएको थियो ।उत्पादन वितरण राम्रो भएको थियो । लगानी कर्तालाई वर्ष बर्षमा सतप्रतिशत नाफा दिएका थियौँ । त्यसमाथि हरेक महिना तीन कार्टु चाउचाउ सबैलाई वितरण हुन्थ्यो । राम्रो आन्दानी बढेपछि हामीले अर्को मेसिन पनि ल्यायौँ । त्यो पनि जापानबाट नै ल्याएको हो । उत्कृष्ट उत्पादन गरेको भन्दै स्पेनबाट अन्तराष्ट्रिय पुरस्कार हात पारेका थियौँ । काम गर्दा धेरै अप्ठ्यारा आउँछन , त्यसमा धैर्य गर्नुपर्छ सफल हुन कसैले रोक्न सक्दैन । तर, समय अनुसार उद्योग र उत्पादनमा गुणस्तरबृद्धि  अनिवार्य सर्त हो । अर्काे, कुरा कसैकाे इतिहासलाई विकासकाे नाममा मिट्नु हुँदैन । इतिहासमाथि सधै गाैरव गर्न जान्नुपर्छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com