डिअाईजि भण्डारीको परिवार भेट्ने इच्छा अधुरै रह्यो


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

जीप दुर्घटनाले गर्दा प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारीको  अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको छ । काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको दुर्घटनाले उनको अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको हो ।

अष्ट्रेलिया भ्रमणका लागि उनले प्रहरी संगठनबाट विदा स्वीकृत गराइसकेका थिए ।समुदाय–प्रहरी साझेदारी कार्यक्रममा लागि भण्डारी रोकिएका थिए । आफ्नै शाखाले ल्याउन लागेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन सत्रमा सहभागी हुने र यात्रामा निस्किने उनको तयारी रहेको थियो ।

भण्डारीसहित ६ जनाको समूह शनिबार काभ्रेको धुलिखेलबाट ३० किलोमिटर उत्तर पर्ने चुरियुगाबाट हिगुवापाटीतर्फ आउँदै थिए ।

उनीहरू चढेको बा ३ च २८७ नम्बरको टोयटा जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खस्दा तीनजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा गाडीमा रहेका ६ जनामध्ये धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर जीवन पराजुली, विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको थियो  । उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका भण्डारीको बिहान मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com