Follow @khasokhasmag

रातभर सुत्केरी श्रीमती कुरेर मैदान गएका खेलाडीले गरे हृयाट्रिक


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

स्पेनिस ला लिगामा स्ट्राइकर इयागो आसपासको हृयाट्रिकमा सेल्टा भिगोले इबरविरुद्ध ४-० को जित निकालेको छ ।

स्पेनको राष्ट्रिय टिममा समेत स्ट्राइकर रहेका आसपासले शनिबार पाँचौ मिनेटमा नै गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ३६ औं र ८२ औं मिनेटमा गोल गर्दै उनले हृयाट्रि क पूरा गरे । सेल्टा भिगोका लागि अर्को गोल मेन्डेजले ५६ औं मिनेटमा गरेका थिए ।
शुक्रबार राति श्रीमती सुत्केरी भएपछि रातभर अस्पताल बसेर आएका आसपासले उत्कृष्ट खेल देखाएका हुन् ।

जितपछि आसपासले श्रीमती जेनिफर रुएडा सुत्केरी भएर रातभर अस्पतालमा बसेको सम्झँदै भने, ‘राति अस्पतालमा सुतेको सोफा अलि साह्रै थियो ।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com