अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास, किन निशानामा परे बाराक ओबामा र हिलारी क्लिन्टन ?


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया नजनाएको बीबीसीको विवरणहरुमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विस्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् ।

अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो ।

यस्ता विस्फोटक पदार्थ पूर्वअमेरिकी वरिष्ठ अधिकारीलाई लक्षित गर्दै पठाउन लागिएको दाबी चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकहरुले गरेका छन् । तर यो काममा कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पठाइएका पत्र तथा पार्सलहरुको जाँच गर्ने क्रममा सुरक्षा सम्बन्धी प्राविधिकहरुले त्यस्तो पदार्थ रहेको पत्ता लगाएका हुन् । कहाँबाट ती सामग्री पठाइएका हुन् र कुन उद्देश्यले पठाइएका हुन् भन्ने बारेमा अझै नखुलेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसले एक वक्तव्य प्रकाशित गरी जनाएअनुसार पूर्वविदेशमन्त्री क्लिन्टनलाई पठाइएको त्यस्तो वस्तु अक्टोबर २३ का दिन फेला परेको थियो । वक्तव्यमा जनाइएअनुसार त्यस्तै वस्तु अक्टोबर २४ को दिन बिहान (बुधबार) पूर्व राष्ट्रपति ओबामाको निवासको ठेगानामा समेत पठाएको पाइएको थियो । ओबामालाई पठाइएको सामग्री राजधानी वाशिङटनमा बरामद गरिएको हो । पार्सलको रुपमा आएका सामग्रीलाई सुरक्षा निकायले पहिला नै नियन्त्रणमा लिएको थियो ।

एफबीआईले आफूलाई त्यसबारे पहिले नै थाहा भइसकेको र त्यसमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । ओबामाका प्रवक्ताले चाहिं यसबारेमा प्रतिक्रिया जनाउन नमानेको बताइएको छ । त्यस्तै पार्सल यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरका नाममा समेत यो वर्षको शुरूमा आएको बताइएको छ । अर्बपति जर्ज सुरोस भने उनले व्यक्त गरेका उदारवादी धारणाका कारण दक्षिणपन्थी समूहको निशानामा पर्दै आएका थिए ।

तर, अहिले पूर्वराष्ट्रपति र पूर्वविदेशमन्त्रीलाई किन लक्षित गरियो भन्ने कुरा अझै रहस्यमा नै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै अमेरिकामा कुनै पनि खालको राजनीतिक हिंसालाई स्थान नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com