औराहामा दुई जना छोरालाई झुण्डाएर बाबुले गरे आत्महत्या


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ को औराहामा दुई जना छोरालाई झुण्डाएर बाबुले  आत्महत्या गरेका छन् ।

स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्नो दुई जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

रामले ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शुभाष हमालले जानकारी दिनुभयो ।

तीनै जनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक हमालले बताउनुभयो ।

अधिकांश समय मदिरा सेवन गर्ने गरेका रामकी पत्नीले छाडेका कारण छोरा उनीसंगै बस्दै आएका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com