बालिकाको बलात्कार पछि हत्या गर्नेलाई झुण्ड्याएर मृत्युदण्ड


प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार

 

पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कार पछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड दिंदा जैनाबका बाबु अमिन अन्सारी र अरु नातेदार पनि उपस्थित रहेको प्रहरीले जनाएको छ

यसअघि अमिन अन्सारीले इमरान अलीलाई सार्वजनिक स्थलमा झुण्ड्याउन गरेको अपिल लोहोरको उच्च अदालतले अस्वीकार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इमरान अलीले अरु छ जना युवतीमाथि पनि यस्तै कुकृत्य गरेको प्रमाणित भएको थियो ।

गत जनवरी ४ मा वेपत्ता भएकी जैनाबको शव पांच दिन पछि फोहोरको थुप्रोमा फेला परेको थियो ।

घटना लगत्तै दोषीमाथि कारवाही गर्न माग गर्दै सार्वजनिक रुपमा दबाब बढेको थियो । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु समेत भएको थियो ।

जैनाबका परिवारले उनी बेपत्ता हुनुअघि फेला पारेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेपछि यसैको आधारमा प्रहरीले इमरान अलीलाई जनवरी २३ मा पक्राउ गरेको थियो ।

फेब्रुअरीमा जैनाबको बलात्कार र हत्याको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ सुनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com