उपत्यकाबाट २५ लाख यात्रु बाहिरिए,सुनसान बन्दै काठमाडौंका सडक


प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार

काठमाडौं उपत्यकाबाट दशैं मनाउन २५ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । विगत ६ दिनको अवधिमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या २५ लाख भन्दा बढी भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

टाढा–टाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ । दशैंभर काठमाडौबाट करिब २४ लाख मानिस बाहिरिने गरेको महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै दुई दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने, सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिन थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com