‘प्रकाश दाहाल’ को स्मृतिमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी मंसिरमा हुने भएको हो ।

पुनः संगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा आगामी मङ्सिर १ देखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने भएको हो । सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिताका बारेमा जानकारी दिइएको हो ।

चरिकोटस्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ उत्कृष्ट टोली सहभागी हुने र सहभागीलाई खाना र बस्न समेतको व्यवस्था हुने आयोजक संस्थाका कार्यक्रम संयोजक मीनकुमार शिवाकोटीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ, द्धितीय हुनेले एक लाख २५ हजार र तृतीय हुने दुईवटा टोलीले ३०÷३० हजार नगद तथा शिल्ड, पदक र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाइस्कोर, म्याद अफ दि टुर्नामेन्टले रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । राष्ट्रियस्तरमा प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल रहेपनि प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सह–आयोजक दोलखा जिल्ला फुटबल संघ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले टुँडिखेल मैदानको मर्मतसम्भार तथा तार जाली लगाउने काम दशैँ लगत्तै शुरु हुने बताए ।

प्रकाशको २०७४ मङ्सिर ३ गते ३६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । तत्कालीन एकीकृत नेकपा माओवादीका नेतासमेत रहेका प्रकाशको स्मृतिमा पहिलोपटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com