प्रचण्ड र ओलीका पासपोर्टमा अर्कै नाम, अवतरणले खोल्यो रहस्य


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वास्तविक नाम पुष्पकमल दाहाल हो । यही नामबाट उनले शिक्षा हासिल गरे । उनका शैक्षिक प्रमाणपत्रदेखि सुरुको नागरिकतामा समेत यही नाम छ । तर उनले पासपोर्ट भने फरक नाममा बनाएका छन् ।

उनको पासपोर्टमा नाम पुष्पकमल रहेको छ भने थर दाहाल प्रचण्ड रहेको छ । यसको रहस्य चर्चित पत्रकार शुभशंकर कँडेलबाट लिखित पुस्तक अवतरणबाट खुलेको हो । पुस्तकको लोकार्पण केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा प्रचण्डले गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै केपी शर्मा ओलीको वास्तविक नाम खड्कप्रसाद शर्मा ओली हो । उनका सुरुका नागरिकता लगायत कैयन कागजातमा पनि यो देख्न सकिन्छ । तर पासपोर्टमा भने उनको नाम के पी मात्र लेखिएको छ भने थरमा शर्मा ओली लेखिएको छ ।

प्रचण्ड र ओली दुबैको कुटनीतिक राहदानीको फोटो कपी पुस्तक अवतरणमा प्रकाशित गरिएको छ । पुस्तकमा यो बाहेक अन्य थुपै्र रहस्यहरुको उद्घाटन गरिएको देख्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com