‘राजनीति नै गर्ने भए कि यहाँ ओबामा जस्तै बन्नुस कि नेपाल फर्कनुस’ – माधवकुमार नेपाल


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

अनिल अधिकारी

नेपाली राजनीतिका पाका तथा पुराना खेलाडी हुन माधव कुमार नेपाल । प्रायः सरल रुपमै प्रस्तुत हुने पूर्व प्रधानमन्त्री नेपालले आइतवार न्यूयोर्कमा अभिभावकिय ढंगले आम नेपालीलाई सम्झाए ।

करिव एक घण्टा भन्दा लामो भाषण गरेका नेता नेपालले बिदेशमा नेपालीहरुले गर्ने गरेको काम, राजनीति, अनुभव, समय सबैका बारेमा खुलेर सम्झाए । लाग्थ्यो यहाँ छोरोलाई बाउले सम्झाई रहेको छ ।

बेला बखत रमाइलो प्रसंगमा ताली पिट्ने र हाँस्ने बाहेक धेरै जसो समय नेता नेपालको भाषणले हल मौन प्रायः थियो । बिदेशमा रहेका नेपालीहरुले गर्ने नेपालको राजनीति बारेमा नेता नेपालले खुलेर सम्झाए, नेता नेपालले भने, तपाईहरु दुई तिर खुट्टा नराख्नुस् । कि यहीँ शुरु गर्नुस कि नेपाल फर्कनुस ।

पूर्व प्रधानमन्त्री नेपालले भने तपाईहरु बराक ओवामा जस्तै बन्नुस, यहाँको संबिधानले दिएको अधिकार प्रयोग गर्नुस, बराक ओवामा राष्ट्पति बन्न हुन्छ भने नेपाली मुलको अमेरिकन किन बन्नु हुन्न । नेता नेपालले भने, अब नेपाली मुलको नागरिक अमेरिकामा राष्ट्प्रमुख यहा मेयर या यस्तै अन्य पदमा छ भनेर गर्व गर्ने वातावरण बनाउनुस, कि नेपाल फर्केर मेहेनत गरेर प्रधानमन्त्री राष्ट्पति वा मेयर बन्नुस ।

मेरिल्याण्ड राज्यमा नेपाली मुलका ह्यारी भण्डारीले प्राइमरी चुनाव जितेको प्रसंगमा आगामी चुनाव जित्न शुभकामना दिँदै नेता नेपालले भने, हो त्यसरी आम नेपालीले गर्व गर्ने वातावरण बनाउनुस । तर चिचि पनि पापा पनि भन्ने हुँदैन् । उनले वडा अध्यक्षबाट वा सानो राजनीतिक पोष्टबाट मेहेनत गरेर यहाँको राजनीति गर्न सुझाएका छन् ।

एकै रातमा प्रधानमन्त्री नभईने उल्लेख गर्दै नेता नेपालले जनताको दुख सुखमा काम गर्न, हरेक आन्दोलनमा सहभागि भएर काम गरि अमेरिकी राजनीति गर्न सुम्झाएका छन् । या यहाँ नगर्ने भए नेपाल फर्कन भनेका छन् । उनले बिदेशमा बसेका नेपालीहरुलाई नागिरकता दिने बिषयमा नेपालमा समेत राजनीति गर्न पाउनुपर्छ भन्ने आशयको नागिरकता पाउनुपर्ने आशय राखेका कारण लम्बिएको समेत जनाए ।

उनले भने, बिदेशमा रहेका नागरिकलाई नागरिकता दिने बिषयमा आफु, गिरीजाप्रसाद कोइराला र पुष्पकमल दाहाल बढी सक्रिय भएर लागेका कारण पनि आज बिदेशमा रहेका नेपालीले नागिरकता पाउने वातावरण बनेको हो । तर बिदेशमा रहेका नेपालीले राजनीति गर्न पाउनुपर्ने प्रावधान सहितको नागिरकता आउनुपर्छ भन्ने आशय नराख्न भनेका छन् ।

धेरै बिकसित मुलुकको नाम लिएका नेता नेपालले देशले बिकासको गति लिएको र देशप्रति झटट् नकारात्मक सोँच नबनाउन आग्रह गर्दै अन्य बिकसित मुलुक जस्तै बनाउन विश्वभर रहेका नेपालीहरुको साझा प्रयास बाटै त्यो सम्भव रहेको प्रष्ट्याए । मन्त्री लालबाबु पण्डितले बेला बेलामा विदेशमा रहेका नेपालीहरुलाई कटाक्ष गर्ने गरेको प्रसंग उल्लेख गर्दै नेता नेपालले भने, तपाईहरु एक पटकको नेपाली सँधैको नेपाली हो ।

उनले भने मन्त्री जि ले किन हो खोइ बिदेशमा रहेका नेपालीलाई गाली गरेको सुन्छु तर म भन्छु तपाई हामी मिलेर देशको बिकास गर्नुपर्छ । देशलाई बिकसित मुलुकहरु जस्तै बनाउनका लागि अन्य देशका नागिरकलाई समेत आग्रह गरिएको परिपक्षमा नेपालमै जन्मे हुर्केका सिप, क्षमता र लगानी गर्न सक्ने नेपालीहरुलाई गाली नगर्न समेत नेता नेपालले आग्रह गरेका छन् ।

यसरी भनौं बिदेशमा रहेका आम नेपालीहरुलाई एउटा अभिभावकले सम्झाई रहेको छ । अहंकारी, घमण्डी कहिलै नबन्न सुझाएका नेता नेपालले भने, मानिस अध्ययन गरेपछि, पैसा कमाएपछि घमण्ड बढ्न सक्छ अहंकार बढ्न सक्छ त्यो गर्नुहुन्न् । सरल भएरै जिवन जिउनुपर्ने उनको भाषणबाट प्रष्ट बुझिन्थ्यो ।

हलमा बेला बखत तालि पिटेका प्राय मौन बसेर उनको भाषण सुनिरहेका पोखराका शिव कमल पौडेलले भने, साँचिकै आज नेता नेपालले सरल ढंगले आम नेपालीलाई अभिभावकिय भाषण दिनुभयो ।

‘धेरै उतार चढाव झेलेका नेता नेपालले नेपाली राजनीतिमा हिसाव किताव मिलाउन सकेमा भावि राष्ट्पति बन्ने आँकलन गरिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com