Follow @khasokhasmag

अमेरिकामा प्रहरीको गोलीबाट मारिएका नेपाली युवाको अन्त्यष्टी


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

अमेरिकाको कोलोराडो वेष्टमिनिस्टरमा प्रहरीको गोलीबाट मारिएका नेपाली युवा बिरेन्द्र ठकुरीको अन्त्यष्टी गरिएको छ ।

कोलोराडोको रान्च रिजर्भ पार्कवे र फेडेरल बोलुभर्डमा गत शनिबार बेलुका भएको घटनामा प्रहरीले ठकुरीमाथि गोली हानेको थियो । सडकको छेउमा केही व्यक्तिहरु झगडा गरिरहेको खबर पाएपछि बेलुका पौने ९ बजेतिर त्यहाँ प्रहरी पुगेको थियो ।

प्रहरी पुग्दा सडकको छेउमा केही व्यक्तिहरु रहेका थिए । प्रहरी आएपछि मृतक ठकुरी र उनका दाजु प्रहरी भएतिर अगाडि बढेका थिए । दुईजना व्यक्ति आफूतिर अगाडि बढेको र उनीहरुले आदेशको पालना नगरेको भन्दै प्रहरीले गोली चलाएको थियो ।

गोली लागेका बिरेन्द्र ठकुरीलाई अस्पतालमा मृत घोषणा गरिएको थियो भने उनका दाजुलाई प्रहरीले हिराशतमा लिएको थियो । तर उनलाई राती अबेर प्रहरीले रिहा गरेको थियो ।

यसैबीच द्ठकुरी मारिएको घटना ‘अन्यायपूर्ण’ रहेको एनआरएनएले जनाएको छ । एनआरएनए कोलोराडो च्याप्टरले श्रद्धाञ्जली जारी गर्दै घटना ‘अन्यायपूर्ण’ रहेको जनाएको हो ।

पीडितलाई राहत तथा न्याय दिलाउन पहल भइरहेको र थप जानकारी ठकुरी परिवारका तर्फबाट नियुक्त वकिलसँग सल्लाह गरेर सार्वजनिक गरिने एनआरएनए कोलोराडोले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com