भारतीय नागरिकलाई पछि पार्दै नेपालका अनन्तराम केसीले रचे नयाँ विश्व कीर्तिमान


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन ।

केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।

गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन विहिवार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिनुभयो ।

शिक्षण पेशा छोडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com