सापकोटाको अध्यक्षतामा चितवन समाजको नयाँ कार्य समिति, आइतवार बनभोज


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

चिवतन समाज अमेरिकाको भेलाले प्रभात सापटोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शारदा क्षेत्री, राजु रौनियार छन् । यस्तै सचिवमा प्रभा देवकोटा र कोषाध्यक्षमा शिव कमल पौडेल रहेका छन् । यसैगरी सदस्यहरुमा कला खरेल, सरोज गौतम, लक्ष्मी रिजाल, लक्ष्मी सापकोटा, उत्तम शर्मा, बिकास आचार्य, सबु सापकोटा, गौतम श्रेष्ठ, बिमला तिम्सिना, बद्री गौतम, रइस बर्तौला, सम्भु पाठक, राजेन्द्र सापकोटा र कृष्ण अधिकारी रहेका छन् ।

भेलाले सुर्य लम्साल, बेद खरेल, रवि कोइराला, किरण मरहठ्ठा र संगिता रिजाल रहेको पाँच जनाको सल्लाहकार समिति बनाएको छ । अन्य दुई सल्लाहकार पछी थप गरिने समाजका कोषाध्यक्ष शिवकमल पौडेलले जानकारी दिएका छन् ।

आइतवार न्यूयोर्कमा चितवनबाट अमेरिका आई बसोबास गरिरहेकाहरुका बिच शुभकामना आदान प्रदान गर्ने उदेश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा चितवनमा जन्मेका, चितवन जिल्ला घर भएका, मवली, ससुराली भएका तथा चितवनसंग बिभिन्न तवरले सम्वन्धीतहरुको उल्लेख्य उपस्थिति रहेका थियो ।

कार्यक्रममा एनआरएन अमेरिकाका महासचिव बिआर लामा, एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, जनसम्पर्क समितिका नेता, व्यवसायी तथा समाजसेवी बेद खरेल लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नयाँ कार्य समिति चयन भएको जानकारी दिँदै समाजका अध्यक्ष सापकोटाले चितवनबाट अमेरिका आई बसोबास गरिरहेकाहरुको हकहितका र समस्या समाधानका लागि नयाँ कार्यसमितिले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com