तीनबर्षको नेपाल बसाईपछि बिदा हुँदै अमेरिकी राजदुत टेप्लिट्ज (भिडियो)


प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार

तीनबर्षको नेपाल बसाईपछि नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिट्ज नेपालबाट बिदा हुँदै हुनुहुन्छ । सन् २०१५ को मार्च २६ मा राष्ट्रपति ट्रम्पले उहाँलाई तत्कालिन राष्ट्रपति ओबामाले नेपालका लागि राजदूतका रुपमा प्रस्ताव गरेपछि अगस्तमा सिनेटले उहाँको नियुक्तीलाई सदर गरेको थियो ।

नेपालमा कार्यकाल सफलतापूर्वक पूरा गरेपछि उहाँ श्रीलंकाका लागि अमेरिकी राजदूतका रुपमा जानुहुने भएको छ । राष्ट्रपति ट्रम्पले टेप्लिट्जलाई गत मार्च २४ मा श्रीलंकाका लागि अमेरिकी राजदूतका रुपमा प्रस्ताव गर्नुभएको हो ।

बिदाई हुँदै गर्दा टेप्लिट्जले एक धन्यवाद सन्देश समेत छोड्नुभएको छ, जस्मा उहाँले आफूले आत्मीयतापूर्वक तीन बर्ष बिताउनुभएको नेपालका साथै वहाँसँग आफ्ना जीवन कथा र अनुभवहरु बाँड्नुहुने नेपालीहरुप्रति कृतज्ञता र धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले जाँदाजाँदै नेपाल र अमेरिकाबीचको न्यानो मित्रता आगामी दिनमा अझै प्रगाढ र बलियो हुनेमा आशावादी रहेको बताउनुभएको छ ।

नेपालमा रहँदा टेप्लिट्जले नेपाली कला, संस्कृति र धार्मिक मूल्यमान्यताहरुको समेत उत्तिकै सम्मान गर्नुभयो । साथै नेपाली जनतासँगको सम्बन्ध बिस्तारको दिशामा पनि उहाँको कार्यकाल निकै महत्वपूर्ण रह्यो ।

नेपालमा दशैंको टिका ग्रहण गर्दै राजदूत । फोटो : अमेरिकी दूतावास, काठमाडौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com