नेपालमा फलेको २१ मुखे रुद्राक्षको मूल्य ११ लाख


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

एकदेखि २१ वटासम्म मुख हुने रुद्राक्षमध्ये एकमुखे र २१ मुखे रुद्राक्ष निकै दुर्लभ मानिन्छ । यस्तै नेपालमा फलेको दुर्लभ २१ मुखे रुद्राक्षको मूल्य ११ लाख रुपैया तोकेर बेच्न राखिएको छ ।

११ हजार अमेरिकी डलर मूल्य तोकेर बोनान्जामा बेच्न राखिएको २१ मुखे रुद्राक्ष नेपालमा फलेको दाबी गरिएको छ । अहिले झण्डै ९ लाख रुपैयामा सेलमा राखिएको उक्त रुद्राक्षको आकार २५ मिलिमिटर रहेको जनाइएको छ ।

बोनान्जामा नेपालमा फलेका २१ मुखे रुद्राक्ष ४ लाखदेखि ११ लाख रुपैयासम्ममा बेच्न राखिएको छ । २१ मुखे रुद्राक्ष कुबेरबाट आशिर्वादप्राप्त रहेको र यो लगाउने व्यक्तिलाई सुख, शान्ति र समृद्धि मिल्ने जनाइएको छ ।

१० लाख मुल्य तोकिएको नेपालमा फलेको २१ मुखे रुद्राक्ष ।

यो रुद्राक्षको मूल्य ५ लाख तोकिएको छ ।

यो रुद्राक्षको मूल्य ९ लाख तोकिएको छ ।

यो रुद्राक्षको मूल्य साढे ६ लाख तोकिएको छ ।

तपाई पनि किन्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com