नेपालका कप्तान पारसले बनाए यस्तो रेकर्ड, जुन अब विश्वकै कुनै क्रिकेट महारथीको छैन


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले विश्व रेकर्ड बनाएका छन् । अब विश्वका क्रिकेटका महारथी भनिएकाहरुसँगपनि छैन । आज भएको नेदरल्याण्डससँगको एक दिवसीय क्रिकेटमा पारस खड्काले १० ओभर बलिङ गर्दै, शुन्य अतिरिक्त रनमा समेट्द,ै २६ रन दिएर ४ विकेट लिए । यो रेकर्ड अव विश्वका कोहीसँगपनि छैन । ३५ बर्ष अघि क्रिकेटर डंकन फ्लेचर (ज़िम) ले ११ ओभर खेलेर अतिरिक्त १ रनका साथै ४२ रन बाँडेर ४ विकेट लिएका थिए । पारसले त्यो रेकर्डपनि तोड्दै अर्को नयाँ रेकर्ड बनाए । अब जुन रेकर्ड तोड्न अरुका लागि मुस्किल हुनेछ ।

आजको खेलमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७।४ बलमा १ ८९ रनमा अलआउट भयो। नेपाललाई नेदरल्याण्ड्सले १९० रनको लक्ष्य विजयी लक्ष्य दिएको हो ।

नेपाली बलरको कसिलो बलिङको अगाडि नेदरल्याण्ड्सका व्याट्सम्यान खलेर खेल्न सकेनन् । कप्तान पारस खड्काले कप्तानी इनिङ खेलेपछि नेपाल नेदरल्याण्ड्सलार्इ मध्यम स्कोरमा रोक्न सफल भएको हो । नेपालका आजको खेलमा सोमपाल कामीले पहिलो र अन्तिम विकेट लिए । नेदरल्याण्ड्सका लागि माइकल रिपोनले सर्वाधिक रन बनाए । कुल ७६ बलको सामना गरेका रिपोनले दुई चौकाको मद्दले ५१ रन बनाए । बसडी लिडले एक छक्का र एक चौकाको मद्दतले ३० रन बनाए भने स्टफेन माइबग्ररले २९ रन बनाए । त्यस्तै बेन कुपरले २०, स्कट एडवाडले १८, ओएजी १२, फेर्ड क्लासेल १, पिटर सिल्क ५ पाउल भान अविजित ३ डेनियल टेल बराकले १ रन बनाए । २ बल खेलको सेन स्नेटर खाता नै खोल्न सकेनन् ।

नेपालको तर्फबाट ९ अतिरिक्त रन गएका थिए । त्यसै बलिङतर्फ नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । परासले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले तीन ओभर लिए । ८।४ ओभर बलिङ गर्दै सोमपालले ३४ रन दिएर तीन विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने १० ओभर बलिङ गर्दै ४२ रन दिएर १ विकेट लिए । नेपालका लागि बसन्त रेग्मी र करण केसीले ११ विकेट लिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कप्तान पारस खड्काले आठौं विकेट लिएका छन् । पारसले ८ ओभर बलिङ गर्दै २० रन खर्चे र चार विकेट लिएका हुन । यो पारसको उत्कृष्ट बलिङ हो । पारसले ४० ओभरको दोस्रो बलमा पारसले रिपोन र चौथो बलमा स्नेटरलाई आउट गरेका । नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए ।

नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए । कप्तान पारस खड्काले फेरि अर्को विकेट झारेका छन् । खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो । सोमपाल कामीको यो व्यक्तिगत दोस्रो विकेट हो ।

यसअघि सोमपालले एक र सन्दीपले एक विकेट लिएका छन् । सन्दीपले १२ औं ओभरको खेलमा नेदरल्याण्डका स्टेफन माइबर्गलाई आउट गरेका हुन । उनले ६० बलमा एक छक्का र एक चौकाको मद्दतले ३० रन बनाएर सोमपालको बलमा क्याच आउट भए । त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले दोस्रो विकेट लिएका छन् । सातौं ओभर बलिङ गर्न आएका पारसले तेस्रो बलमा नेदारल्याण्डसको दोस्रो विकेट लिएका हुन । यस अघि सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका लिए ।

नेदरल्याण्ड्सको आम्सडर्ममा भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो । नेपालका फास्ट बलर सोमपाल कामीले तेस्रो ओभर बलिङ गर्दै नेदारल्याण्डसको टेर ब्राक पहिलो विकेट झारेका छन् । आज पहिलो पटक एकदिवसीय किक्रेट खेल्दै छ भने नेदरल्याण्डस् चार वर्षपछि एकदिवसीय म्याच खेल्दै छ ।

गएको फागुनमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत पपुवानियुग्यनीलाई पराजित गर्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो । यसअघि नेपाल र नेदरल्याण्डस् पाँच पटक आम्नेसाम्ने भएका थिए । जसमा नेदरल्याण्डस् तीन पटक र नेपाल दुईपटक विजयी भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com