धादिङमा न्वारनको भोज खाएपछि बोलि नआउने र टोलाउँने समस्या, ५० बढी बेहोस


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

धादिङमा न्वारनको भोज खाएका ५० बढी मानिस बेहोस भएका छन् । जिल्लाको गजुरी गाउँपालिका ४, गैरीगाउँमा न्वारनको भोज खान आएका एक सय मानिस मध्ये कम्तीमा ५० जना भन्दा धेरै मानिस बेहोस भएका हुन् । बेहोस भएपछि उनीहश्रले खान छोडेका थिए । स्थानिय अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको धादिङ प्रहरीले जनाएको छ । भोजमा खाना खाएपछि सबैजसोलाई रिगंटा, वाकवाक लाग्ने र केही समयपछि बोलि नआउने र टोलाउँने समस्या देखिएको स्थानीयले बताएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार यस्तो समस्या हुनेमा बच्चा र ठुला मानिस रहेका छन् । घटना भएपछि इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल हिडेको प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिएका छन् । पानी परेर हिलो बाटो भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको तिमिल्सिनाले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com