एसपीसहित ३८ जना प्रहरी निलम्बनमा


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

१ नं. प्रदेशमा प्रहरी आचरण विपरीत कार्य गर्ने उच्च प्रहरी अधिकृत तथा जवान गरि ३८ जना निलम्बनमा परेका छन् ।

प्रदेश भरि रहेका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई आर्थिक वर्ष ०७४/७५ भित्रमा निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गएको समयमा सुनसरी प्रहरीका प्रमुख रहेका विध्यानन्द माझीलाई बालिका बलात्कारको घटनामा ‘मिलापत्र’ गराएको भन्दै विभागीय कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

तर, एसपी माझीमाथिको निलम्बन फुकुवा भइ, उनी हाल जिल्ला प्रहरी कार्यालय डोटीमा छन् ।

सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक चिरन्जीवि दाहाल पनि निलम्बनमा परेका थिए । दुवैलाई पेशाप्रति जवाफदेही नभएको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका थिए ।

सो विषयमा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी केदार रिजालले आफ्नो पेशा र मर्यादा विपरीत काम गर्न प्रहरी कर्मचारीलाई छुट नहुने बताउदै उनले भने, ‘हाम्रो यो यात्रामा कोही प्रहरी कर्मचारी बाधक बन्छ भन्ने ऊ विभागीय कारबाहीको भागिदार हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com