धुर्मुस–सुन्तलीले फिल्म बनाउने


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

हास्यकलाकार धुर्मुस–सुन्तली फिल्म निर्माणमा जुटेका छन्।

सामाजिक कार्यमा निकै सक्रिय रहेका सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीको जोडीले चर्चित टेलिश्रृंखला भद्रगोल टिमका कलाकारसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।

कमेडी जनरामा निर्माण हुने फिल्मको नाम केही दिन अघि चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएको छ । हाल स्क्रिप्टकालागि धुर्मुस सुन्तलीसहित दिपक आचार्य, अर्जुन घिमिरे पाँडे, मनोज गजुरेल, कुमार कट्टेल ‘जिग्री’ लगायतका कलाकार पोखरा पुगेका छन् ।

तर फिल्ममा कलाकार को–को हुनेछन् र फिल्मको नाम के रहनेछ भन्ने विषयमा भने केही खुलासा गरेका छैनन् । केही समयपछि पत्रकार सम्मेलन गरेर फिल्मको टिम र नाम घोषणा गरिने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com