यौन सम्पर्क गर्न राती आफ्नै कोठामा लागेकी महिलाको मृत्यु भएपछी..पक्राउ परेका १९ वर्षे युवाले गरे यस्तो कुरा स्वीकार !


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ शहीद मैदानमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको आरोपमा मुसिकोट नगरपालिका–१ का १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ घर भई हाल मुसिकोट नगरपालिका–१ खलंगमा बस्दै आएकी ३८ वर्षीया इच्छा विसी मृत अवस्थामा फेला परेकी थिइन् । उहाँलाई सोमबार राति बादीले आफ्नै डेरामा बोलाई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्युपश्चात् शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीको विशेष अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ परेका बादीलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com