विश्व फक्स खरिद गर्न डिस्नेद्वारा ७१ अर्ब डलर प्रस्ताव


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन्। यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ। यो खरिदबाट मार्भेलको एक्स–मीन र एभेन्जर्सको मताधिकार हासिल हुनेछ र डिजिटल स्ट्रिमिङमा मनोरञ्जनको विशाल भण्डार उपलब्ध हुनेछ।

सेयरधनीहरुले यो प्रक्रियाका बारेमा डिसेम्बर २०१७ देखि नै सुन्दै आएका थिए। अर्को कम्पनी कम्कास्टले पनि बोलकबोलमा प्रतिस्पर्धा गरिरहेको थियो, र गत सातामात्र यसले युरोपेली पे–टिभी अपरेटर स्काई खरिद गर्ने प्रयत्नमा आफूलाई केन्द्रित गरेको थियो।

फक्ससँगको यो सौदाबाजीले अमेजन र नेटफ्लिक्स जस्ता प्रविधिमा महारथ हासिल गरिरहेका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न सक्षम तुल्याउनेछ। तथापि, यो सम्झौता निष्कर्षमा पुग्न महिनौ लाग्न सक्दछ र नियामक निकायबाट स्वीकृति प्राप्त गर्नु आवश्यक छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com